काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली व्यवस्थापिका संसदबाट २४ असोजमा बहुमतबाट प्रधानमन्त्री बन्दा तराई मधेसमा आन्दोलन सुरु भइसकेको थियो ।तर, भारतको नाकावन्दी र खाना पकाउने ग्यास तथा इन्धनको अभाव सुरु भएको थिएन ।दलीय दस्तावेजका रुपमा रहेको अन्तरिम संविधानमा उल्लेख भएका अधिकार समेत कटौती गरेर संविधान जारी गर्न लागिएको भन्दै सुरु भएको आन्दोलन एक सय दिन पुग्दा मुलुक अहिले आक्रान्त बनेको छ ।
मुख्य राजनीतिक दलहरुले आफ्ना माग पुरा नगरेपछि सिमानाका बन्द गर्ने आन्दोलन संयुक्त मधेसी मोर्चाले सुरु गरेपछि भारतले त्यसैलाई निहु बनाएर नाकावन्दी गरेपछि जनतालेशास्ती व्यहोर्नु परेको छ ।इन्धन, खाना पकाउने एलपी ग्यास, औषधी ठप्पै हुने अवस्थामा छन् । भारतले आफुहरुलाई हेपेको भन्दै नझुक्ने रणनीति बनाएको ओली नेतृत्वको सरकारले उत्ररी छिमेकी मुलुक चिनबाट इन्धन र अन्य उपभोग्य बस्तु ल्याएर समस्या समाधान गर्ने रणनीति अपनाएको थियो ।
त्यो रणनीति पनि अघि बढेको थियो । तर, चीनले करको विषयमा कुरा नमिल्दा हस्ताक्षरका लागि तय भएको मितिमा सम्झौता नगर्ने बताएपछि अहिले समस्या झन बल्झिने देखिएको छ ।यता, भारतले पनि आफ्नो विकल्प चीनलाई खोजेको भन्दै झन कडा बन्दै गएको छ । त्यसको प्रभाव केहि दिन पहिलासम्म खुकुलो रहेका नाका पछिल्ला दिनमा विस्तारै कडा हुदै गएका छन् ।
भारत झन कडा बन्दै गएको तर, चीनले सम्झौता गर्न इन्कार गरेपछि प्रधानमन्त्री ओली र सरकार भने तनावमा रहेको स्रोतहरु बताउछन् । मधेसवादी दलहरुसंगको बार्ता पनि निष्कर्षमा नपुग्ने, भारतले
पूर्ण रुपमा नाकावन्दी गरेर मुलुक तहसनहस हुने तर, सरकारले आफ्नो दायीत्व पुरा गर्न नसक्ने अवस्था आएपछि प्रधानमन्त्री तनावमा रहेका हुन । उनले आफ्ना निकटहरुसंग कसरी समस्या समाधान गर्ने भन्ने आफुले सोच्ने नसकेको बताउने गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो सार्वजनिक कार्यक्रममा नै आफु नेतृत्वको सरकारको दिनगन्ती सुरु भैसकेको बताएका थिए ।
