Latest Updates :

हस्तमैथुनको बानी कसरी हटाउने ? हस्तमैथुन हटाउने चिन्ता छ, यस्तो गर्नुस्

SHARE THIS POST :
आफ्नो यौनाङ्ग चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । प्रायः हातको प्रयोग गरिए पनि यसका लागि विभिन्न वस्तु, साधन वा खेलौना (सेक्स टोइज)पनि प्रयोग गर्न थालिएको छ ।चाँडै र सजिलै सिक्ने भएकाले किशोरहरूलाई हस्तमैथुनको लत नै लाग्छ ।कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि(नोक्सानी गर्दैन् ।त्यसैलाई मध्य नजर गरेर हामीले यस्ता समाचार पाठक सामु पस्किने गर्दछौ । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ ।यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।तर, पटक–पटकको हस्तमैथुनले हीनताबोध वा आफूलाई दोषी ठान्ने मानसिक समस्या आउने कुरामा सजग हुनुपर्छ ।

 हस्तमैथुनको बानी कसरी हटाउने ?

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता

क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ ।

हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ ।  त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ ।

बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger