हाम्रो समाजमा धेरै थरीका मानिस बस्छन् र सबैका व्यबहार फरक फरक हुन्छन् । तर एउटा घर सुन्दर र शान्त हुन एउटा महिलाको निकै ठुला योगदान रहेको हुन्छ । त्यसैले त भनिन्छ महिला
लक्ष्मी समान हुन्छिन् ।
कहिले काहिँ महिलाहरुको गलत सोचका कारण सुन्दर र शान्त परिवारमा एकाएक अशान्तमा परिणत हुन पुग्छ । एक यस्तै कथा बोकेको लधु चलचित्र सोचले पनि महिलाको एकछिनको गलत सोचले
कतिसम्म अरुलाई असर पुग्छ भन्ने देखाउन खोजेको छ । यो लधु चलचित्रमा एक बृद्ध आमालाई छोरा बुहारीले घरबाट निकाल्छन् ।
ज्वाईँ ज्ञानी भएर ति बृद्धालाई आफ्नो घर लिएर आउँछन् । तर, ज्वाईँको घरमा आफ्नै छोरीले कुरै नबुझी ति बृद्धालाई अपहेलनाका शब्द बोल्छिन् । छोरीको घरभित्र पस्नै नभ्याएकी बृद्धाका आँखा
भरिन्छन् किनकी उनले आफ्नो ज्वाई छोरीको वार्तालाप सुनिरहेकी हुन्छिन् । छोरीले सासु भनेर पाल्न नसक्ने भन्दै घरबाट निस्कनै लाग्दा आफ्नै आमाको त्यो अवस्था देखेर उनी आफै रुन थालछिन् र
आमा समातेर भित्र लग्छिन् ।
हुनत यस्ता घटनाहरु हाम्रो समाजमा अझै पनि प्रशस्तै भेटिन्छन् । यस्ता थुप्रै घट्नाहरुलाई आफैले देखेपछि अजय अधिकारीले यो भिडियो निर्माण गरेका हुन् । अहिले यो भिडियोले चातर्फी रुपमा राम्रो
प्रतिक्रिया पाइरहेको छ ।
भिडियो हेर्नुहोस्:
