Latest Updates :

के पुरुस कै बिर्य को कारण लाग्छ पाठेघरको क्यान्सर जानकारी को लागि पद्नुहोस

SHARE THIS POST :
हालै गरिएको एक अध्ययन अनुसार प्रौढ महिलाहरुमा टेस्टोस्टेरोन तथा एस्ट्रोजेन हर्मोनकेा मात्रा बढि भएमा पाठेघरको क्यान्सरको खतरा बढ्ने देखिएको छ ।अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार ४० देखि ५० वर्ष उमेर समूहका महिलामा हर्मोनको उच्च मात्राले पाठेघर क्यान्सरको खतरामा वृद्धि गर्दछ ।शोधकर्ता जेसन वाइवाइ वांगका अनुसार ५० वर्षको आसपासका महिलामध्ये हरेक ४ मा ३ जना महिलामा पाठेघरमा ट्युमर विकाश हुन थाल्दछ ।

गर्भाशयमा हुने क्यान्सरका कारण अनियमित रक्तश्राव वा महिनावारी, बाँझोपन, पटक पटकको गर्भपात तथा प्रजनन सम्बन्धि अन्य समस्या पनि देखा पर्दछन् ।स्टडी अफ वुमन्स हेल्थ अराउण्ड दी नेसन नाम अध्ययनमा भाग लिएका ३२४० जना महिलामा वैज्ञानिकहरले १३ वर्षसम्म अध्ययन गरी यो निष्कर्ष निकालेको बताइएको छ ।अध्ययनका क्रममा पत्ता लागेको छ की जुन महिलाहरुमा टेस्टोस्टेरोनको अधिक मात्रा हुन्छ उनीहरुमा पाठेघरमा ट्युमर पलाउने सम्भावना बढि हुन्छ र यो खतरा कम टेस्टेस्टोरन हुने महिलामा कम हुन्छ ।शोधकर्ता वांगका अनुसार महिनावारीका बेला संक्रमणको समस्याबाट गुजि्ररहेका महिलाहरुमा उपरोक्त हर्मोनको मात्रा बढि हुँदा पाठेघरको क्यान्सरको खतरालाई बढाइदिन्छ ।यो सम्बन्धी शोध जर्नल अफ क्लिनिकल एन्डोक्राइनोलोजी एण्ड मेजाबलिज्ममा छापिएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger