माया प्रगाढ राख्न सातामा एक पटक मात्र यौन सम्पर्क राख्दा राम्रो -सर्वेक्षण
एजेन्सी । माया प्रगाढ र निरन्तर राख्न सातामा एक पटक मात्र यौन सम्पर्क राख्दा उचित हुने एक सर्वेक्षणले देखाएको छ । यदि कोहि व्यक्ति हरेक दिन यौन सम्पर्क राख्दैमा खुशी रहन्छ भन्ने कुरा सो अध्ययन सार्वजनिक गरेको हो ।
टोरोन्टो मिस्सीसाऊगा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले करिब ३०००० व्यक्तिहरुमा गरेको सर्वेक्षण अनुसार कुनै पनि प्रेमी जोडीलाई माया एक आपसमा माया प्रगाड र दिगो राखी खुशी साथ जीवन व्यतित गर्न साताको एक पटक मात्र यौनसम्पर्क राखे पनि पर्याप्त हुने सो अनुसन्धान ले देखाएको छ । पुरानो मान्यता अनुसार पुरुषमा बढी यौन चाहना हुने , उमेर ढल्किदै गए पछि यौनमा रुचि नहुने इत्यादी सोचाइलाई पनि सो अनुसन्धानले गलत ठहराउदै यौन सम्पर्क गर्न उमेर, लिङ्ग वा प्रेम सम्बन्धको समयले असर नगर्ने जनाइएको छ ।
Labels:
Featured
,
life-style
