Latest Updates :

विराटनगरमा घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका दम्पति सहित ५ पक्राउ हेर्नुस

SHARE THIS POST :
 विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले आज बिहान पक्राउ गरेको हो ।सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने

महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताए । घर भाडामा
लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger