जारी मधेस आन्दोलन र भारतले गरेको अघोसित नाकाबन्दीको कारण नेपालमा अहिले पेट्रोलियम पदार्थको हाहाकार छ ।घण्टौं र कयौं दिन लाईनमा बस्दा समेत पेट्रोल वा डिजेल पाउन सकिएको छैन ।पेट्रोल र डिजेल सहज पाउने भए जे गर्न पनि तयार हुने अवस्थामा पुगेको बेलामा एउटा रोचक समाचार बाहिर आएको छ ।
तर यो खवर नेपालको नभई युक्रेनको हो । जहाँ एउटा पेट्रोल पम्पले बिकिनी लगाएर आउनेलाई सित्तैमा पेट्रोल बाँडी रहेको छ ।पेट्रोलपम्पले प्रचारका लागि यस्तो स्किम सार्वजनिक गरेकै दिन बिकिनीमा थुप्रै ग्राहक आएको खबर एजेन्सीले दिएको छ ।युवती त आउनेनै भए , सित्तैमा पाइने भएपछि कतिपय पुरुष पनि महिला साथीको बिकिनी लगाएर आएको सञ्चालकहरुले बताएका छन् ।
