Latest Updates :

एकै पटक ५ बच्चा जन्मेपछि ..२६ वर्षकी महिलाले जन्माईन् एकै पटक पाँच बच्चा हेर्नुहोस भिडियो

SHARE THIS POST :
पेटमा पाँचवटा बच्चा लिएर फेसबुकमा चर्चामा आएकी अस्ट्रेलियाको पर्थमा बस्ने महिलाले गत जनवरी २८ मा सकुशल ५ वटा बच्चा जन्माएकी छिन् । उनले यस अघि दुइवटा छोरी जन्माइसकेकी छिन। २६ वर्षकी किम टुकी नामकी यी युवतीले छोराको चाहनामा तेश्रो गर्भाधारण गरेको संचार माध्यम र सोसियल मिडियामा बताएकी छिन। बच्चा जन्मनुभन्दा अघि अर्थात् ३० हप्तामै आफ्नो बच्चा जन्मिएको उनले बताएकी छिन। तर उनलाई आगामी अप्रिलमा बच्चा जन्माउने डेट दिइएको थियो।

छोराको चाहनामा गर्भधारण गरेकी किमले यो पटक ४ छोरी र एक छोरालाई जन्म दिएकी छिन। गत अगष्टमा अस्पतालमा उपचारका लागि पुगेकी किमले अल्ट्रासाउण्ड गर्दा पेटमा पाँचवटा बच्चा भएको जानकारी पाएपछि अल्ट्रासाउण्ड गर्ने कोठाबाटै उनले आफ्नो श्रीमानाई यसबारेमा जानकारी दिएकी थीइन। एकै पटक ५ सन्तानलाई जन्म दिएकी किमले आफु तथा बच्चाहरुलाई हुर्काउन सहयोग प्राप्त गर्नका लागि सरपराइजड बाइ फाइभ नामक फेसबुक पेज संचालन गरेकी छिन् । अहिले उक्त पेजमा लाइक गर्नेको २ लाख भन्दा बढी पुगेको छ। उक्त फेसबुक पेज मार्फत नै विभिन्न परोपकारी संस्थाहरुले किम दम्पती र उनका पाँच बालबच्चाको पालनपोषणका लागि आर्थिक सहयोग जुटाउन विभिन्न अभियान चलाउन सुरु गरेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger