Latest Updates :

पेट्रोलियम पदार्थ उपलब्ध गराउन भारत तयार सर्बसाधारणले कहिले पाउने ???????

SHARE THIS POST :
नेपालको तत्कालको मागअनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराउन भारत सरकार तयार रहेको भारतीय पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानले जानकारी दिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ। मुम्बइमा राजदूत दीपकुमार उपाध्यायसँग भेटवार्ता गर्दै मन्त्री प्रधानले नेपाल आयल निगमको नियमित कोटासागै अतिरिक्त आपुर्ति गर्न भारतीय आयल निगम तत्पर रहेको मन्त्री प्रधानले बताएका थिए ।

"अहिले सहज भैसकेका नाकाहरुबाट इन्धन आपुर्तीका लागि तत्काल प्राथमिकता छुट्याउन र अतिरिक्त आपुर्ति गराउन भारत सरकार तयार देखिएको छ,' 'मेक इन इन्डिया'को महाराष्ट्रमा आयोजित बिशेष समारोहमा सरिक राजदूत उपाध्यायले  भने । भेटवार्ता क्रममा पेट्रोलियम पदार्थसहित ग्यास, औषधि तथा उपभोग्य सामानको नेपालतर्फ सहज आपुर्तीका लागि तदारुकताका साथ पहल गर्न सरोकार निकायमा निर्देशन दिइसकेको जानकारी मन्त्री प्रधानले दिएका थिए । सहज बनेका नाकाहरुबाट पनि पर्याप्त ग्यास तथा पेट्रोलियम पदार्थ निर्यात नभैरहेको बारे राजदूत उपाध्यायले मन्त्री प्रधानको ध्यानाकर्षण गराएका थिए ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger