Latest Updates :

पारसकी पूर्व प्रेमिका भन्छिन्- छोराले सोध्छ हामी किन नेपाल नजाने !! पारस शाह नै आफ्नो बुवा ठान्छ र उस्को यस्तो प्रश्नले मलाई रुवाउँछ..

SHARE THIS POST :
पूर्व युवराज पारस शाहकी पूर्व प्रेमिका कन्निका चाइसनले आफ्नो छोराले पारसलाई नै बुवा मान्ने र नेपाल जानेबारे सोध्ने बताएकी छन्।सामाजिक सञ्जाल फेसबुकमा बुधवार स्टाटस लेख्दै उनले  युनिभर्स (छोराको नाम)ले आफूलाई मेरो बाबा नेपालमा हुनुहुन्छ भने हामी किन नेपाल जाँदैनौ भनेर सोध्ने गरेको र त्यो प्रश्नले आफूलाई दुखी बनाउने बताएकी छन्। उनले छोरा तीन महिनाको हुँदा पूर्व प्रेमीसँग छुट्टिएपछि उसले शाहलाई बुवा ठान्ने गरेको बताएकी छन्।

उनले लेखेकी छन्- उसले अाफ्नो बुवालाई कहिल्यै भेटेको छैन। पारस शाह नै आफ्नो बुवा ठान्छ  र उस्को यस्तो प्रश्नले मलाई रुवाउँछ। पूर्व युवराज शाह थाइल्याण्डमा बस्दा चाइसनसँग प्रेम सम्बन्धमा थिए। अहिले उनी नेपाल फर्किसकेका छन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger