Latest Updates :

फेरी दुखद समाचार ! राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त

SHARE THIS POST :
राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनाग्रस्त भएको छ । भूकम्पबाट भत्किएको घर निर्माणका लागि रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो । लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो ।
हेलिकोप्टर भुइँमा बजारिएपछि त्यहाँ भित्र रहेका पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले हेलिकोप्ट दुर्घटना भएको पुष्टि गर्दै चालक दलका एक सदस्य घाइते भएको जानकारी दिए । गत बैशाखको भूकम्पमा भत्केको घर पुनःनिर्माणका लागि यो हेलिकोप्टरले रसुवाको धुन्चेबाट रड ओसारिरहेको थियो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger