Latest Updates :

यौनसम्पर्क राखेपछि नचाहँदा नचाहँदै गर्भ रहेमा के गर्ने ???

SHARE THIS POST :
यदि यौन सम्पर्क राखेपछि महिनावारी बन्द हुने,स्तन दुख्न थाल्यो, पिसाब छिटोछिटो लाग्ने र बान्ता हुने जस्ता लक्षणहरु देखिन थाल्यो भने गर्भवती भएको हुनसक्छ । तर त्यसबेला गर्भ रहेको हो वा होईन निश्चित गर्न भने स्वास्थ्य कार्यकर्ता वा सुडेनीलाई जचाँउनु पर्दछ । आजभोली त बजारमा प्रेग्नेन्सी टेस्ट गर्ने किटहरु पनि पाईन्छ, त्यसको प्रयोगले पनि आफु गर्भवती भएको नभएको थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा धेरै किशोरीहरु आफूले नचाहँदा नचाहँदै पनि गर्भवती भएका हुनसक्छन् । तीमध्ये थोरैले मात्रै यस्तो बेलामा परिवारका सदस्यहरु वा साथीहरुबाट सहयोग पाउँछन् तर धेरैलाई यस्तो सहयोग पाउन सजिलो हुँदैन ।
अनिच्छित गर्भले अप्ठयारोमा पारेको महसुस भएको छ र गर्भ नराख्ने हो भने होशियारी पूर्वक निर्णय लिनु बुद्विमानी हुन्छ । गर्भपातनका सुरक्षित उपायहरु के के हुनसक्छन् भनि जानकारी लिई राख्नाले पक्कै पनि आफैलाई काम दिन्छ । विश्वभरि नै धेरै किशोरी तथा महिलाहरु अनिच्छित गर्भलाई खतरापूर्ण तरिकाले गर्भपात गराउने क्रममा ज्यान गुमाउने गर्दछन्। त्यसैले भरसक असुरक्षित यौन सम्पर्कबाट टाढै बस्नुहोस्, तर नचाहँदा नचाहँदै पनि गर्भ रहन गयो भने सुरक्षित गर्भपतन मात्रै गराउनुहोला । त्यसका लागि मेरी स्टोप्सलाई सम्झन सक्नुहुन्छ । प्रजनन स्वास्थ्य र यौन सम्बन्धि जिज्ञासा भएमा मेरी साथी लाई पनि सम्झन सक्नुहुनेछ । पैसा नलाग्ने फोन नम्बर १६६० ०१ १९७५६ मा सम्पर्क राखेर तपाईको जिज्ञासा मेटाउन सक्नुहुनेछ । तपाईको जीवन बहुमूल्य छ, सुरक्षित रहनुहोस्, अरुलाई पनि सुरक्षित यौन जिवनका बारेमा जागरुक गराउनुहोस् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger