अर्चना पनेरु पक्राउ उनि संगै सेक्स फिल्म बनाउने गिरि पनि फसे
निर्माण ईजाजत बिना नै छायाँकनमा गएको फिल्म 'जिस्म' युनिटलाई प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रणमा लिएको छ । चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखरामा सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विकास वोर्डको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले निर्देशक सहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु सहितको सम्पुर्ण युनिटलाई नियन्त्रणमा लिएको हो । 'जिस्म' युनिटलाई अहिले वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।
वोर्ड अध्यक्ष राईले फिल्मीखबरसँगको टेलिफोन संवादमा वोर्ड अध्यक्ष राईले खुलेआम पोर्न स्टार बन्छु भन्दै हिँडेकी एक युवतीलाई कलाकार लिएर निर्माण हुन लागेको फिल्मलाई आफुहरुले निर्माणको ईजाजत नदिएको भन्दै वोर्डको नियम बिपरित छायाँकनमा गएकोले प्रहरी लगाएर नै रोकेको बताए ।
उता प्रहरीले नियन्त्रणमा लिएपछि आक्रामक बनेका निर्देशक गिरीले विकास वोर्ड अध्यक्ष राजकुमार राईको षडयन्त्रमा आफुहरुलाई फसाईएको बताएका छन् । निर्माण ईजाजतको लागी भन्दै विकास वोर्डमा आफुले पैसा पनि बुझाईसकेको तर वोर्डले त्यसको कुनै उत्तर नदिएको भन्दै राजकुमार राई सहित फिल्म उद्योगमा टाउके मानिने केहि व्याक्तिहरुको षडयन्त्रमा आफुलाई फसाईएको आरोप लगाए ।
उनका अनुसार वडा प्रहरी कार्यालय राम्जाले माथिको आदेश मात्र भनेको छ । जिल्ला प्रहरी कास्कीका उच्च अधिकृत आएपछि मात्रै अबको बाटो के भन्ने छलफल हुनेछ ।
विकास वोर्डको अनुमति बिपरित फिल्म छायाँकन गर्दैगर्दा सम्बन्धित फिल्म युनिटलाई नियन्त्रणमा लिन सक्ने तथा सुटिङमा प्रयोग भएका सबै सामान जफत सम्म गर्न सकिने प्रावधान विकास वोर्डमा रहेको बताईएको छ ।
Labels:
Featured
,
life-style
