मतदान स्थलबाहिर देउवा र पौडेल पक्षका कार्यकर्ताबीच झडप @ एउटै पार्टीका कार्यकर्ता बिचको हेर्नुस त बिजोक
काठमाडौं–काँग्रेस महाधिवेशनस्थल भृकृटीमण्डपमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षका कार्यकर्तावीच झडप भएको छ । आ–आफ्नो पक्षमा प्रचार र नाराबाजी भईरहेको बेला कार्यकर्ताबीच झडप भएको हो ।
मतदान स्थल राष्ट्रिय सभागृह बाहिर प्रचारप्रसार गरिरहेका पौडेलका कार्यकर्ताले खुम बहादुर खड्का र कृष्ण सिटौलाले पौडेललाई समर्थन गरेका छन् भन्दै प्रचार गरेपछि देउवा पक्षका कार्यकर्ता उनीहरुमाथी जाईलागेका थिए । प्रहरीले हस्तक्षेप गरी झडप नियन्त्रण गरेको छ ।
सुरक्षामा खटीएका डिएसपि रेवती ढकालले सामान्य झडप भएकोले नियन्त्रणमा आईसकेको बताए ।
