Latest Updates :

कपिलको नयाँ शो आउँदै,उनले सोनी टीभीबाट दर्शकलाई हसाँउने तयारी गरेका छन.। यस्तो बन्यो प्रोमो हेर्नुस र पेट मिचिमिची हास्नुस

SHARE THIS POST :
टेलिभिजन शो ‘कमेडी नाइट्स वीथ कपिल’वाट चर्चामा आएका कपिल शर्मा अब ‘द कपिल शर्मा शो’ लिएर आउने भएका छन् । भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार कपिल चाँडै टेलिभिजनका दर्शकमाझ छाउने छन्, पहिलाको भन्दा फरक तर, रोचक स्टाइलमा ।आउँदो २३ अप्रिलदेखि सोनी टीभीवाट प्रशारण हुने उक्त कार्यक्रम शनिवार र आइतवार राती ९ बजे प्रशारण हुने भएको छ । नयाँ शोमा  कपिलको पुरानो टिमको सबै सदस्य सहभागी छन् ।

कपिलको शोमा गुत्थी (सुनील ग्रोवर) पलक(किकु शारदा), दादी (अली असगर), मञ्जु शर्मा (सिमोन चक्रवर्ती), चन्दन प्रभाकर (राजु) सहभागी हुने छन् ।अर्को रमाईलो कुरा जोडदार शायरीका साथ ताली ठोक्ने र दर्शकलाई हसाँइरहने नवजोत सिंन्द्धु पनि यो शोमा सहभागी छन् । कलर्श च्यानलवाट कार्यक्रम प्रशारण गर्दै आएका कपिलको च्यानलसँग विवाद भएपछि शो बन्द भएको थियो ।अब, उनले सोनी टीभीबाट दर्शकलाई हसाँउने तयारी गरेका छन् । यो शोका प्रोमो सार्वजनिक गरिएको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger