नव दुलहीले आफ्नै श्रीमानको लिंग काटिन् लिंग छेदनबाट रक्तामय बनेका युवकलाई.....
महोत्तरी, फागुन २५ । महोत्तरीको लक्ष्मीनिया बैरगिया गाउँमा भएको पारिवारीक विवादमा नव दुलहीले आफ्नै श्रीमान्को लिंग काटेकी छन् ।सोमबार राति श्रीमतीसँग मनमुटाव भएपछि १८ वर्षीय अंसारी थरका युवकको लिंग काटिएको हो । उनीहरुको दुई साता अगाडिमात्रै विवाह भएको थियो ।
लिंग छेदनबाट रक्तामय बनेका युवकलाई उपचारका लागि भारतीय बजार सीतामढी लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे छानबिन भइरहेको जनाइएको छ ।
