Latest Updates :

चर्चित नायीका रिचा शर्मा अर्चना पनेरुको विरुद्धमा भिडियो हेर्नुस

SHARE THIS POST :
यतिबेला नेपाली सिने नगरी अर्चना पनेरुमय बनेको छ । पछिल्लो समय पोर्न स्टार बन्छु भन्ने अभिव्यक्ति दिदै एकाएक नेपालीहरुमाझ सामाजिक संजाल फेसबुक र युट्युवमा सर्वाधिक भाईरल भएको नाम हो "अर्चना पनेरु । आफ्नै बाबुआमाको संलग्नतामा अर्धनग्न तस्विर र भिडीयो पोष्ट गर्दै नेपालीहरुमाझ भाईरलजस्तै फैलिएकी छन् पनेरु । कहिले फिल्म सुटिङ लोकेशनबाटै प्रहरी हिरासतमा पुगेका घटना त कहिले अर्धनग्न फोटो र भिडीयो पोष्ट गर्दै , चर्चा पनेरुकै छ ।
राजु गिरी निर्देशित चलचत्रि "जीस्म"बाट नेपाली चलचित्र नगरीमा डेव्यु गर्न लागेकी पनेरु केही समय अगाडी निर्देशक सहित पोखरामा प्रहरी हिरासतमा पुगेको घटनाले नेपाली संचार क्षेत्रमा राम्रै स्थान पायो । यस अगाडी अर्चना पनेरु भन्ने नाम थाहा नपाएका नेपालका चर्चित दैनिक पत्रिकासमेतले यो घटनालाई राम्रै स्थान दिएर समाचार बनाए । यस्तै एक घटना पुनः पनेरुसंग जोडिएको छ । नेपाली सिने जगतकी चर्चित नायीका रिचा शर्माले अर्चना पनेरुको विरुद्धमा एक बयान दिएकी छन् - "अर्चना पनेरुको नेपाली सिनेमा क्ष्ोत्रमा प्रवेश मलाई स्विकार्य छैन" । क्यानडा नेपाल डट नेटसंगको अन्तर्वाताका क्रममा शर्माले उक्त अभिव्यक्ति दिएकी हुन् । उनले अन्तरवार्ताकै क्रममा आफ्नो मेहनत र लगनले जुन स्थान हासिल गरेका छौ के यो त्यहि स्थान हो जहाँ अर्चना पनेरुपनि संगै हुनेछ ??? भन्दै प्रतिप्रश्न गरेकि थिईन् । मिडियाले समेत पनेरुलाई माथी उचालेको भन्दै भोली सिनेमा प्रदर्शनमा आएर चर्चा पायो भने या फिल्म पनेरुको चर्चाकै कारण सफल बन्दियो भने हाम्रो लेभल के ??? हामी कुन लिष्टको कलाकार ??? उन्को प्रश्न थीयो । नकारात्मक चिज नै चर्चा हुन्छ भने त्यो कदापी स्विकार्य नहुने उनले बताईन् । त्यसले कला भएर यस क्षेत्रमा आउन चाहनेहरुलाई समेत असर गर्ने र समाजमा नकारात्मक सन्देश जाने उनको तर्क थियो । आफुले अन्तर्राष्ट्रिय अवार्ड जिते त्यो समाचार नबन्न सक्छ तर पनेरुको सानो कुरा नि समाचार बन्छ र बनिरहेको पनि छ भन्दै शर्माले अब नेपाली सिनेमालाई ग्रेडिङ गर्नुपर्ने बेला आएको बताईन् । नेपालका अन्य चर्चित नायीकाहरुको पनि पोर्न भिडियो बजारमा आएको छ र उनिहरु यही क्षेत्रमा क्रीयाशिल छन भन्ने अभिब्यक्ती दीदै पनेरुले आफ्नो बचाउ गर्दै आएकी छन । स्मरण रहोस् फिल्म जीस्म चलचित्र विकास बोर्डले सुटिङको अनुमति बेगर नै छायांकन सुरु गरेको भन्दै फिल्म सुटिङ रोक्न कास्की प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ पछि रिहा भएसंगै निर्देशक राजु गिरीले आफुले गल्ति गरेको स्विकार गर्दै चलचित्रको नाम नै परिवर्तन गरे जिस्म बाट अर्चना बनाएका छन् । अर्चना पनेरु लगायत फिल्मका अन्य कलाकारहरु भने यथावत रहेका छन् ।
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger