Latest Updates :

विमानस्थलमा आत्मघाती आक्रमण, ३६ को मृत्यु

SHARE THIS POST :
टर्कीको इस्तानबुलको अतातुर्क विमानस्थममा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा ३६ जनाको मृत्यु भएको छ भने एक सय हाराहारी मानिस घाइते भएको बीबीसीले जनाएको छ । हमालाकारीले अन्तराष्ट्रिय टर्मिनल नजिक विस्फोट गराएका थिए । आत्घाती आक्रमण सहित कालशनिकोव राइफबाट गोली चलाइएको थियो । विमानस्थल बन्द गरिएको छ । र, मानिसहरुलाई विमानस्थलबाट टाढाँ जान भनिएको छ । घाइतेलाई ट्याक्सी एवं एम्बुलेन्सको सहायतामा अस्पताल लगिएको थियो । सरकार एवं कुर्द चरमपन्थीबीच गत साल संघर्ष विराम सकिएसँग टर्कीमा थुप्रै बम विस्फोट भएका छन् । अहिले सम्म घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन । कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger