Latest Updates :

चर्चित डाक्टर नै नक्कली ! हाम्रै नेपालमा

SHARE THIS POST :
प्रहरीले शुक्रबार तराईका विभिन्न जिल्लाबाट दर्जनभन्दा धेरै नक्कली चिकित्सक पक्राउ गरेको छ जसमा नाम चललेका अस्पतालमा कार्उरत डाक्टरहरु नै नक्कली भएको रहस्य खुलेको छ । शुक्रबार बिराटनगरका तीनजाना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । सिआबी टोलीले बिराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डां सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेशन चलाएर दुई दर्जनबढी नक्कली चिकित्सक पक्राउ गरेको हो । भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमवीवीएस अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger