Latest Updates :

आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

SHARE THIS POST :
मुम्बई–आत्महत्या गरेकी टिभी अभिनेत्री प्रत्युषा बनर्जीका विषयमा नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ। हालै मात्र प्रत्युषा गर्भवती भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। प्रत्युषाले आत्महत्या गर्नुअघिल्लो दिन मात्र उनले गर्भपतन गराएको संचारमाध्यमले जनाएका छन्। मुम्बईको जेजे अस्पतालको रिपोर्टले उनी गर्भवती भएको र गर्भपतन गराएको खुलासा भएको हो। टिभी सिरियल बालिका बधुमा आनन्दीको भूमिकामा चर्चित बनेकी प्रत्युषा बनर्जीले एक अप्रिलमा मुम्बईको गोरेगाउँस्थित आफ्नै फ्लाटमा आत्महत्या गरेकी थिइन्। प्रत्युषाका ब्वाइफ्रेण्ड राहुल राज सिंहलाई आत्महत्या विरुद्ध मुद्दा दायर गरिएको संचारमाध्यमले उल्लेख गरेका छन्। जेजे अस्पतालमा प्रत्युषाले पाठेघरको जाँच गराएकी थिइन्। पाठेघरको जाँचको रिपोर्टपछि उनी गर्भवती भएको खुलासा भएको हो। संचारमाध्यमका अनुसार प्रत्युषाको एक महिनाको गर्भ थियो। त्यसपछि उनले गर्भपतन गराएकी थिइन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger