Latest Updates :

‘डन’ दीपक मनाङ्गे पक्राउ

SHARE THIS POST :
नेपाल प्रहरीले गुण्डा विरुद्धको कारवाही तीव्र पारेको छ । विहीबार राति राजधानीमा केही गुण्डा नाइकेहरुको अखडामा छापा मार्नुका साथै प्रहरीले पुराना ‘डन’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ । विहीबार राति प्रहरीले मनाङेसहित उनका सहयोगी राजिवकुमार सिंहलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए । उनले काठमाडौंमा गुन्डागर्दी गर्नेहरु विरुद्धको कारबाही थालिएको बताए । गतसाता मात्रै प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो । मनाङ्गेले सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका छन् । यसैक्रममा उनले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको र त्यही कारण उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger