Latest Updates :

अन्तरवार्ता दिन आएका गेष्टले नै प्रेम प्रस्ताव राखे

SHARE THIS POST :
अत्यधिक फ्यान फलोइङ भएकी आरजे हुन् सविना कार्की । कान्तिपुर रेडियोमा विभिन्न कार्यक्रम चलाउँदै आएकी उनलाई मिठो र सन्देशमुलक प्रस्तुतिका लागि धेरैले रुचाए । सविनाले हालै कान्तिपुरसँगको १५ वर्ष पुरानो सम्वन्ध तोडेकी छिन् । अब इन्टरनेटमार्फत स्रोताहरुमाझ आउने उनको तयारी छ । अनलाइनखबरसँगको कुराकानीमा सविनाले आफ्नो १५ वर्ष लामो रेडियो करिअरका १५ अनुभूति यसरी बाँडिन् । १. आरजे बन्ने मेरो सानैदेखिको सपना थियो । मलाई जसरी पनि कान्तिपुर एफएममै जागिर खाने भुत सवार भएको थियो । कक्षा ११ पढ्दा मेरा धेरै साथीहरुलाई यो कुरा थाहा थियो । एक दिन प्रेक्षा भन्ने मेरो बेष्ट फ्रेन्डले कान्तिपुर पत्रिकाको कटिङ लिएर आई । आरजेको लागि भ्याकेन्सी खुलेको रहेछ । म उत्साहित भएर तुरुन्तै कान्तिपुरको विल्डिङमा पुगेँ । फाराम भरेँ । तीन राउन्ड अन्तरवार्ता भयो । अन्तिम अन्तरवार्तामा म पनि छानिएँ । त्यसपछि कैलाश सिरोहियाले मलाई भन्नुभयो, ‘यु ह्याभ द फायर इन्साइड सविना । वेल्केम टु कान्तिपुर फेमिली ।’ म खुशीले झण्डै उफ्रेँ । २. रेडियो करिअर स्टार्ट गरेको २ वर्षपछिको घटना हो । एउटा कलेजको उद्घाटन कार्यक्रममा उद्घोषक बन्न पुगेकी थिएँ । त्यो मेरो जीवनकै पहिलो एमसी अनुभव थियो । त्यतिबेलासम्म मेरो त्यति ठूलो फ्यान फलोइङ पनि थिएन । कार्यक्रम शुरु गरेँ । तर, प्रमुख अतिथि आउन ढिला भयो । ट्राफिक जामका कारण प्रमुख अतिथि आउन ढिला हुनेभयो भनेर मलाई सूचना आयो । मैले त्यही कुरा माइकमा बोलेँ । मैले त्यति भनेलगत्तै उपस्थित दर्शकहरु, जसमा अधिकांस विद्यार्थी थिए, ले त खुशी भएर हुटिङ पो गरे । त्यसपछि उनीहरुले चारैतिरबाट मलाई घेरेर अटोग्राफ माग्न थाले । प्रमुख अतिथि आइसक्दा पनि म अटोग्राफ दिइरहेकी थिएँ । ३. मोबाइल र सोसल मिडियाको जमाना सुरु भइसकेको थिएन । मलाई अफिसका नम्बरमा धेरै फोन आउँथे । त्यस्ता फोनमा प्रायः मेरो प्रस्तुतिको तारिफ गर्नुहुन्थ्यो । एक जनाले चाहिँ मलाई फोन गरेर सोझै बिहेको प्रस्ताव गर्नुभयो । एकपटक होइन पटक-पटक । धेरैचोटी मलाई भेट्न कार्यालय अगाडि आएर बस्नुहुन्थ्यो । म भेट्थेँ, तर उहाँको प्रस्तावलाई हाँसेर टार्थेँ । हुँदाहुँदा एक दिन त उहाँले आफ्नी आमालाई लिएर मेरो अफिसमा आउनुभयो । उहाँकी आमाले ‘लौन नानी मेरो छोरोले साह्रै गर्‍यो, मेरी बुहारी बन्नुपर्‍यो’ भनेर हत्ते गर्न थाल्नुभयो । त्यसपछि अफिसमा साथीहरु जम्मा भए र सबैले सम्झाउन थाले । मैले पनि ‘अहिले मेरो बिहे गर्ने उमेर भएको छैन आमा, पढ्दैछु’ भनेर सम्झाएर पठाएँ । त्यसपछि बल्ल उहाँले पिछा छोड्नुभयो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger