Latest Updates :

काफलको औषधीय गुण थाहा पाउनुहोस र प्रयोग गर्नुहोस

SHARE THIS POST :
डा. शेषराज आचार्य आयुर्वेद चिकित्सक गर्मी मौसममा साादेको काफल खान धेरैले रुचि राख्छन् । लेकाली क्षेत्रमा पाइने काफललाई आयुर्वेद चिकित्सामा विभिन्न औषधिको रूपमा प्रयोग गरिन्छ । काफलको दानादेखि बोक्रासम्म अनेक रोगको औषधि उत्पादनमा प्रयोग गरिन्छ । गर्मी हुँदा, झाडापखाला लाग्दा, बाथ (जोर्नीसम्बन्धी समस्या), कफ/खकार निकाल्न र श्वासप्रश्वाससम्बन्धी समस्यामा पाकेको काफल खाँदा औषधिको काम गर्छ । रुघा–खोकी, पिनासजस्ता समस्याले टाउको दुख्दा काफलको बोक्राको धुलोको नस बनाएर नाकभित्र लिँदा हाच्छ्युँ निकाल्छ । हाच्छ्युँ आएपछि टाउको दुखेको कम हुन्छ, बन्द भएको नाक खुल्छ । दम लागेका व्यक्तिले काफलको बोक्राको काँडा बनाएर पिउँदा फाइदा गर्छ । सबै प्रकारका वायुसँग सम्बन्धित रोगमा काफलले औषधिको काम गर्छ । काफलको धुलो बनाएर खाँदा पेटमा रहेका किटाणु मर्छन् । कब्जियत भएकालाई पनि काफलले फाइदा गर्छ । काफलको गेडाको रस बनाएर नियमित सेवन गर्दा शरीरमा रगत बढ्छ, खानामा रुचि जगाउँछ, रक्तश्राव रोक्न मद्दत गर्छ । रक्तक्यान्सर भएका बिरामीलाई पनि फलदायी हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger