Latest Updates :

नेपाली चेलीलाई ६ लाखमा बेचिएको खुलासा हेर्नुस त कति निर्दयी

SHARE THIS POST :
१८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन्।  ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन्। काभ्रे पाँचखाल नगरपालिका-११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल बैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए।


‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निशुल्क पासपोर्ट बनाइदिए पीडितले भनिन्,‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइनँ।’ कक्षा ११ को अध्इयन गर्दै गर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुर्याई बिक्री गरेर फर्किएका थिए। भारत हुँदै अबुधाबी पुर्याएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो। घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले।

‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन, युवतीले भनिन्,‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’ खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन्। करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन।

२०७१ असोजमा नेपाली दूताबासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संगलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन्। १८ वर्षमा बेचिएकी बालिका अहिले २० वर्षकी भएकी छिन्। अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर रहेकाे छ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger