Latest Updates :

नेपाल-भारत सीमा वार्ता हुँदै ! भारतलाइ झुकाउनै पर्ने छ नेपालीले

SHARE THIS POST :
सुस्ता र कालापानीलगायत सीमा विवाद सकेसम्म छिटो हल गर्न नेपाल-भारत उच्चस्तरीय संवाद हुने भएको छ। असार ५ र ६ गते दुई देशको वाउन्ड्री वर्किङ ग्रुपको बैठक दिल्लीमा बस्ने भएको खबर आजको कान्तिपुरमा कमलदेव भट्टराईले लेखेका छन्। त्यसलगत्तै सुस्ता र कालापानीको विवाद हल गर्न परराष्ट्र सचिवस्तरको बैठक गर्ने तयारी छ। त्यसअगाडि दुई प्राविधिक समिति सर्वे अफिसियल समिति र फिल्ड सर्वे टिमको बैठक बस्ने छ, जसले स्थलगत रूपमा देखिएका समस्याहरूबारे प्रतिवेदन तयार पारेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपालको भ्रमण गरेपछि अन्य क्षेत्रमा जस्तै सीमा विवादसम्बन्धी वार्तामा केही प्रगति भएको थियो। २०६४ देखि सीमा विवादसम्बन्धी दुईपक्षीय वार्ता ठप्प थियो। मोदीको भ्रमणको एक साताअघि भएको विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समयमा दुवै देशका नापी विभागका महानिर्देशकको नेतृत्वमा वर्किङ ग्रुप बनाउने सहमति भएको थियो।
२०७१ आश्विन ३ गते उक्त ग्रुपको पहिलो बैठक काठमाडौंमा बसेको थियो। बैठकले सर्वे अफिसियल समिति र फिल्ड सर्वे टिम गठन गरेको थियो। दुई समितिलाई भत्केका तथा हराएका पिलरहरूको मर्मतसम्भार गर्ने तथा नयाँ राख्ने, दशगजामा भएको अतिक्रमण तथा अन्य अनधिकृत गतिविधिहरूबारे माथिल्लो निकायलाई रिपोर्ट दिने कार्यादेश दिइएको थियो।
आगामी बैठकमा सीमा अतिक्रमण, दशगजामा भइरहेको अनधिकृत गतिविधिलगायत विषयमा प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गरिनेछ ।
त्यसैगरी बैठकमा नाकाबन्दीको समयमा दशगजा क्षेत्रमा भएको प्रर्दशन तथा अन्य गतिविधिलाई नेपाली पक्षले विषय बनाउने तयारी गरेको एक अधिकारीले जानकारी दिए । दुई समितिलाई तीन वर्षभित्र सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रका सम्पूर्ण काम सक्न निर्देशन दिइएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger