Latest Updates :

सलमान खान लाइ माफी माग्न भारतीय महिलाको दबाब फेरी फसे सलमान

SHARE THIS POST :
एक भारतीय वेवसाइटलाई अन्तरवार्ता दिने क्रममा 'बलात्कृत महिलाजस्तो अनुभव गरेको' भन्ने बयान दिएका सलमान खानलाई भारतिय महिला आयोगले ७ दिन भित्र सो भनाइका लागी माफी माग्न भनेको छ। सलमानको यो बयानले उनको सामाजिक संजालमा उनी आलोचित बनेका छन्। भारतीय महिला आयोगकी प्रमूख ललिथा कुमारामङ्गलमले मंगलबार एक भारतीय टेलिभिजनमा 'आफ्ना थुप्रै महिला प्रशंसकलाई ध्यानमा राख्दै त्यस्तो बयान दिन हुँदैन्थ्यो। सलमानले माफी माग्नुपर्छ' भनेकी छन्। त्यस्तै आयोगी सदस्य रञ्जना कुमारीले पनि मिडियासँगको कुराकानीमा उक्त बयानका लागि सलमानले माफी माग्नुपर्ने बताएकी छिन्। सलमानले आफ्नो आगामी रिलिज फिल्म 'सुल्तान'को क्रममा कुस्तिवाज बन्दाको अनुभव सुनाउँदै 'जब म सुटिङ्पछि रिङ्बाहिर निस्कन्थे तब म आफूलाई एउटी बलात्कृत महिला जस्तो भएको अनुभव गर्थे। मि सिधा भएर हिड्न नसक्ने हुन्थे' भनेका थिए।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger