Latest Updates :

बिहे गर्न नमानेको भन्दै शिक्षकले गरे मीनाको हत्याशिक्षक पनि हत्यारा

SHARE THIS POST :
डोटीको पचनाली गाविस-६ तलकोटकी मीना साउदको हत्याको आरोपमा उनका शिक्षक पक्राउ परेका छन् । लालवहादुर चन्दले अभियोग स्वीकार गरेका छन् । बैतडीको सर्माली गाविस-१ घर भएका चन्द २०६७ सालदेखि तत्कोटस्थित हरिहर उच्च माविमा उच्च माविका अंग्रेजी हुन् । मीना उनकी विद्यार्थी हुन् र, मीनाको घरमा बस्दै आएका थिए ।
‘म उसलाई धेरै माया गर्थे, मैले उसँग बिहे गर्न खाजेको थिएँ’ प्रहरी हिरासतमा रहेका चन्दले भने, ‘सुरुसुरुमा उसले पनि मलाई माया गर्थिन् । पछि उसले अरुसँग सम्पर्क बढाउन थालेपछि सहन नसकेर हत्या गरेको हुँ ।’ कैलालीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा स्नातक तह पहिलो बर्षमा अध्ययनरत मिनाको जेठ २८ गते भान्सामा चाउचाउ पकाइरहेको अवस्थामा गोली हानी हत्या भएको थियो । मंगलबार जिल्ला प्रहरी कार्यालय डोटीमा पत्रकारहरुसँग कुरा गर्दै अभियुत्त चन्दले एक वर्ष पहिले देखिनै हत्या गर्ने योजना वनाएको बताए । २०६७ सालदेखिनै मीनाकै घरमा डेरा गरी बस्दै आएका चन्दले मिनाले स्नातक तह उत्तीर्ण गरेपछि बिहे गर्ने सहमति भएको तर, अहिले नमानेको दाबी गरेका छन् । मीनाको हत्या गर्नका आफुले दुई पेस्तोल किनेको चन्दले स्वीकार गरेका छन् । वयानमुखी अनुसन्धानभन्दा प्रमाणमुखी अनुसन्धानमार्फत हत्यारालाई पक्राउ गरिएको अनुसन्धान टोलिका प्रमुख तथा प्रहरी नायव उपरीक्षक उद्धवदेव भट्टले बताए । कल डिटेल लगायतका अनुसन्धान विधिमार्फत हत्यारा पत्ता लागेको भट्ट वताउँछन । घटनाका मूख्य हत्यारा चन्द नै भएको र हत्यामा प्रयोग भएका हातहतियार तथा त्यसमा लाग्ने गोली के कसरी ल्याइयो भन्ने बारेमा अनुसन्धान भइरहेको डोटीका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जानकारी दिए । घटनामा प्रयोग भएको एक थान पेस्तोल, एक थान रिभल्वर र त्यसमा लाग्ने गोली समेत प्रहरीले बरामद गरेको छ । हत्या अभियोगमा पक्राउ परेका चन्दलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger