Latest Updates :

आजकोदिन बि. सं . २०७३ साल असार ८ गते बुधवारको राशिफल

SHARE THIS POST :
मेष राशिः मेष राशि हुनेहरुको लागि आजकोदिन यद्यपि गोचरमा केही ग्रह सकारात्मक देखिएका छन् भने केही ग्रह प्रतिकूल छन् जलले गर्दा दिनको मध्याह्नसम्म विशेषकाममा सफलता मिली हाल्न अल्लि गाह्रो देखिन्छ । सामान्यतया दैनिकी कार्य तथा जनजिविकोपार्जन एवं जनव्यवहारका कामकार्य ठिकै रुपमा अघि बढ्ने छन् । विचारमा स्वच्छता आउने र धार्मिक आस्था बढ्नसक्ने छ तथापि तिर्थाटनको योजना रोकिनसक्ने छ । साहित्यिक उपलब्धि र लाभ हुनेछ । मध्याह्न उपरान्त महत्त्वाकांक्षी कार्यको प्रस्ताव ल्याउनसक्ने दिन छ । उपलब्धिको मात्रा बढेर जानेछ । उच्चवर्गसँग संपर्क बढ्ने र जिम्मेवारी थपिने हुनसक्ने छ । मनोबल उच्च हुने छ ।

 वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म केही दिक्कतपूर्ण रहने ग्रहगोचर परेको देखिन्छ । तसर्थ कामकार्य गर्दा केही सावधानी अप्नाउनु मनासिव हुनेछ । उपरान्त क्रमशः स्वास्थ्यमा सुधार आउने छ । धर्मकर्ममा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । सौहार्दपूर्ण वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । आज यहाँलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र धार्मिक क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ ।

 मिथुन राशिः मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन पूर्वार्ध ठिकै रहनेछ । केही कामकार्यमा सफलता एवम् लाभ हुनेछ । मध्यान्ह पछि भने त्यति अनुकूल मान्न अल्लि नसकिने ग्रहगोचर देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनु उपयुक्त हुनेछ । कामकार्यमा अबरोध आउनसक्ने छ भने कमजोरी खोजेर बसेकाहरु सक्रिय हुनेछन् । मध्यान्ह उपरान्त आज यहाँलाई हतार नगर्नु नै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्ग यहाँको लागि उपयुक्त रहनेछ भने बाधाबिघ्न तथा कष्टनिवारणको लागि आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु शुभकर हुनेछ ।

 कर्कट राशिः कर्कट राशिका व्यक्तिहरुको लागि आजकोदिन उमङ्गिलो रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । क्रमशः प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । आज यहाँको लागि लक्ष्मीनारायण भगवानको उपलब्धिकर हुनेछ ।

 सिंह राशिः सिंह राशि हुनेहरुको लागि आजको गोचर अनुकूल एवम् सकारात्मक मान्न सकिन्छ । बिहानी समयमा ज्ञानविज्ञानको क्षेत्रमा सफलता मिल्ने छ भने उपरान्त स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै विपक्षिलाई सम्झौतामा लयाउन सकिनेछ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । जागिर आदि कार्य क्षेत्रबाट राम्रो सफलता तथा उपलब्धि गर्न सकिने छ भने अन्य पेशा तथा व्यवसायबाट आर्थिक लाभ गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको प्रयोग अनुकूल रहने छ भने लक्ष्मीनारायणको भक्तिभावले थप अनुकूलता सृजना गर्ने छ ।

 कन्या राशिः कन्या राशि हुनेहरुको लागि आज मध्यान्हसम्म बोली व्यवहारमा सावधानी अप्नाउन पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्ने तथा सावधानीपूर्वक कामकार्य सम्पादन गर्ने गर्नु बुद्धिमनी हुनेछ । मध्यान्हपछि भने ग्रहगोचरमा केही सुधार आउने छ । क्रमशः विद्याबुद्धिमा सुधार आउने र निस्कर्ष केहीहद्सम्म उपयुक्त निस्कने छ । विद्यार्थीवर्गको लागि फाइदाकर दिन रहनेछ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने विद्यार्थी वा शिक्षा क्षेत्रलाई सहयोग गर्नु फापसिद्ध हुनेछ ।

 तुला राशिः तुला राशि हुनेहरुको लागि आज मध्यान्हसम्म केही अनुकूल भएपनि उपरान्त त्यति अनुकूल मान्न अल्लि नसिकने ग्रहगोचर परेको हुनाले सो अगावै मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिनुपर्ला । क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले केही उपलब्धि गर्नसकिने छ । चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ हुनेछ भने आज यहाँको लागि मातृसेवा फापसिद्ध हुनेछ ।

 वृश्चिक राशिः वृश्चिक राशि हुने व्यक्तिहरुको लागिदिनशक्तिको भरपुर प्रयोग गर्ने खालको छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ । प्रेमपारखीहरुको लागि पनि दिन अनुकूल रहनेछ । आज यहाँको लागि तीन अंक, हरियो रङ्गको प्रयोग शुभ हुने छ भने दाजुभाई मिलेर काम गर्नु फलिफाप सिद्ध हुनेछ ।


 धनु राशिः धनुराशि हुनेहरुको लागि आजको दिनउमंग एवं उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोग जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । धनधातु एवं खजानाको कोष बृद्धिहुने छ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्ग शुभ हुनेछ भने लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं दर्शन गर्नाले थप सफलता दिनेछ ।

 मकर राशिः मकर राशि हुने व्यक्तिहरुको लागिआज दिनको पूर्वार्धको समय केही संघर्षकर रहनसक्ने छ । सामान्यतया कामकार्यमा अल्लि बढी दिग्दारी हुने तथा झमेला व्यहोर्नपर्ने हुनसक्ने छ । मध्यान्हबाट भने क्रमशः सुधार आउने र कामकार्यमा सफलता मिल्ने छ । मनोनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंगको वातावरण छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली अािद पनि मिल्नसक्ने सम्भावना देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । भगवान श्रीहरिको स्तुति तथा साधना आज यहाँको लागि विशेष फलप्रद हुनेछ ।

 कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म ठिकै उपलब्धिकर रहने देखिन्छ, नगरी नहुने कार्यलाई अल्लि बढी मेहनत गरेर पूरा गर्नु बुद्धिमानी हुनेछ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । विचार पुर्याएर आफ्नो कार्यमा लगनशील रहनसकेमा भने डराइहाल्न पर्दैन । परिश्रमले ठिकै उपलब्धि दिनेछ । आज यहाँको लागि ३ अंक र पहेंलो रंग यहाँलाई शुभ हुनेछ । दानकर्मले पनि सम्भावित संघर्ष तथा खर्चको योगलाई निवारण गर्न मद्दत गर्नेछ ।

 मीन राशि: मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही बाधाब्यावधानको बाबजुत पनि आर्थिक लाभ हुने दिन परेको छ । मुख्य ठानिएको काममा भने केही अबरोध आउने छ । पेशा एवम् व्यवसायबाट औकात तथा हैसियत अनुसारको धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कामकार्यमा सफलता मिल्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोले राजमान मिल्नसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी प्राप्त गर्नसकिने छ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । बाधाब्यावधानलाई न्यूनिकरण गर्न विघ्नहर्ता श्रीगणेशको साथमा श्रीलक्ष्मीको सेवाआराधना अझ बढी शुभकर हुनेछ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger