Latest Updates :

पहिरोमा पुरिएर प्यूठानमा ८ को मृत्यु

SHARE THIS POST :
२१ असार, प्यूठान अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो । छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय तथा पत्रकार महासंघ प्यूठानका सचिव महावीर रानाले जानकारी दिए । त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger