संविधानले नै हामीलाई अप्राकृतिक भन्यो ! तेस्रो लिंगी यौन व्यवसायमा मात्रै लाग्छन् ?? भिडियो हेर्नुस
तेस्रो लिंगी यौन व्यवसायमा मात्रै लाग्छन् भन्ने समाजमा फैलिएको ठूलो हल्ला मात्रै हो । हो, केही त्यस्ता पनि छन् । तर, सबै तेस्रो लिंगीलाई एउटै डोकोमा हालेर व्याख्या गरिन्छ भने त्यो बुझाइ र मानसिकताको गल्ती हो । यौन व्यवसायमा तेस्रो लिंगी मात्रै छैनन्, महिला–पुरुष पनि उत्तिकै छन् ।
तेस्रो लिंगी मानव अधिकार स्थापनाका लागि लडिरहेकी छिन्, भूमिका श्रेष्ठ । भूमिकाले यस क्षेत्रमा काम गर्न थालेको एक दशक भयो । उनले त्यतिबेला आवाज उठाइन्, अधिकारका लागि खुलेर आइन्, जतिबेला नेपाली समाजमा तेस्रो लिंगीलाई ‘मानव’ नै मानिँदैनथ्यो । भूमिका गर्वका साथ आफूलाई ‘तेस्रो लिंगी’ भन्छिन् ।
भूमिकाले छोराको रुपमा जन्म लिएकी हुन् । हुर्कंदै जाँदा उनमा छोरकिो जस्तो व्यवहार र आनिबानी देखा पर्न थाल्यो । उनको व्यवहार देखेर मानिसहरुले उनलाई ‘हिजडा’, ‘छक्का’जस्ता अपमानजनक सम्बोधन गर्थे ।
Related Posts you might like to see :
Labels:
Featured
,
Video-Gallery