Latest Updates :

दुबईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा नेपाली हरुको बिदेशमा पिडा

SHARE THIS POST :

युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई) मा मात्रै बितेका तीन वर्षमा १८४ नेपालीले ज्यान गुमाएका छन्।

ज्यान गुमाउनुपछिको पृष्ठभूिम डिप्रेसनपछि आत्महत्या, हृदयघात जस्ता कारणहरु देखिएका छन्।

नेपाली दूतावास युएईले हालै सावर्जनिक गरेको एक प्रतिवेदनअनुसार युएइमा २०७० देखि ७३ सम्म १८४ नेपालीले ज्यान गुमाएका थिए। ती मध्ये हृदयघात, आत्महत्या, सडक दुर्घटना, मादक पदार्थ सेवन लगायतका कारण रहेको प्रतिवेदनले औंल्याएको छ।

शुक्रबार नेपाली दुताबास युएईले पहिलो पटक आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अन्तर्किया कार्यक्रममा युएईमा कामगर्ने नेपालीहरुको अवस्थाबारेको यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो।



युएईका विभिन्न अस्पतालहरुको अनुसन्धानपछि उपचारको क्रममा कोमामा रहेका नेपालीहरुको बारेमा र ज्यान गुमाउने नेपालीहरुको तथ्यांकको राजदुतावासले सार्वजनिक गरेको हो।

स्थापनाको १२ वर्षपछि नेपाली दुतावासले युएईमा कार्यरत नेपालीहरुसँग पहिलो पटक अन्तर्किया कार्यक्रम गरेको हो।  १९७७ जनवरी २० मा नेपाल र युएईबीच दौत्य सम्बन्ध  स्थापना भएपछि २००४ अप्रिल ११ मा युएईमा नेपाली दुतावासको स्थापना भएको थियो। कार्यक्रममा नेपाली दुताबासका कार्यबहाक राजदुत नेत्र बाहादुर टण्डनले युएईको श्रम, कानुन र अधिकारसम्बन्धी जानकारी गराएका थिए।

वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम र परिपत्रबारे दुतावासका काउन्सेलर (श्रम) भेषबहादुर कार्कीले जानकारी गराएका थिए। राहादानी तथा ट्राभल डकुमेन्टसम्बन्धी जानकारी नेपाली राजदुतावासका द्वितीय सचिव विष्णु अधिकारीले दिइन्।

१०० नेपाली जेलमा
दूतावासले दिएको तथ्यांकअनुसार अहिले युएइको जेलमा विभिन्न अभियोग लागेका १०० नेपाली जेल जीवन बिताइरहेका छन्।

युएईमा कार्यरत नेपालीहरुले यहाँको कानुन पालना नगर्दा जेल जान बाध्य भएका हुन्। त्यसमध्ये हत्याका कारण ११, मादक पदार्थका कारण ३५, यौन दुर्व्यवहार कारण १८, धुम्रापानका कारण १, सेक्युरेटी डिसअर्डरका कारण ८, लागू दुर्व्यसनका कारण ६, मदिरा सेवन गरी ड्राईभिङका कारण ४, झैझगडाका कारण ४ नेपाली जेल परेको दूतावासको अध्ययनले देखाएको छ। यसैगरी समय भन्दा बढी बसेका  कारण  ९ र नक्कली कागजात अभियोगमा ४ नेपाली जेलमा छन्।

पछिल्लो समय एनआरएन युएईले दुताबासको सहयोगमा शिक्षामुलक कार्यक्रमहरु गर्दै आएको छ। यसलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्ने अन्तरक्रियाका सहभागीले माग गरे। २०५० देखि २०७३ सम्मको तथ्यांकमा नेपालबाट वैदेशिक रोजगारीमा आउने नेपालीहरुको कुल संख्या ४६,९५,७९५ छ। यसमध्ये हाल युएईमा ४,४५,८४१ जना नेपाली कार्यरत छन्। तथ्यांकका अनुसार युएईमा काम गर्ने पुरुषहरुको संख्या बढी छ। पुरुष ४,०८,५६४ ( ९१.६३%) छन भने महिला ३७,२७७ (८.३६%) छ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger