Latest Updates :

वैवाहिक जिबनमा बादिदौ पारस खड्का

SHARE THIS POST :
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का २०४४ सालमा जन्मिएका हुन् । पारस नेपाली राष्ट्रिय टोलीका भरपर्दो खेलाडी हुन् । प्रथम स्तरको क्रिकेटमा २००४ मा मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका पारसको नेतृत्वममा रहेको नेपालले डिभिजन ४, डिभिजन ३ जितिसकेको छ भने यसै वर्ष नेपालले नामिबियामा डिभिजन २मा उत्कृष्ट प्रदरर्शन गर्दै डिभिजन एकमा बढुवा भएको हो । केही वर्षदेखिको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गर्ने भएका छन् । पारसले आफ्नी प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग यही फागुन १४ गते विवाह गर्न लागेको हुन् । पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो। प्राप्ति काठमाडौं स्व. दिपविक्रम राणा र गौरी राज्यलक्ष्मी राणाकी छोरी हुन । पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि उति चर्चामा आएको थिएन । उनीहरु सार्वजनिक ठाउँमा पनि कम देखिएका छन् । एक पटक मात्र यो जोडी सँगै गोकर्ण रिसोर्ट पुगेको फोटो सार्वजनिक भएको थियो । यसअघि नेपाली क्रिकेटर प्रदीप ऐरी र अमृत भट्टराईले पनि विहे गरिसकेका छन्। यस्तै सञ्जम रेग्मी पनि विहेको तयारीमा छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger