Latest Updates :

बलिउडका १० महंगा नायकहरु

SHARE THIS POST :
बलिउडका सेलिब्रेटी कलाकारहरु चलचित्र क्षेत्रमा त जमेकै छन् । कोहीको आफ्नै चलचित्र प्रोडक्सन कम्पनी पनि छन् र त्यसै मार्फत चलचित्र बनाउने गर्छन् । कोही भने अरुको प्रडक्सन हाउस मार्फत चलचित्र दुनियामा आफ्नो प्रभाब जमाइरहेका छन् । यस्ता बलिउड सेलिब्रेटीले आफ्नो एक्टींगबाट कति कमाउछन भन्ने कुरा चाहि कमैलाई थाहा हुन सक्छ । यहाँ १० सेलिब्रटीको कमाइ तथा पारिश्रमीकको बारेमा चर्चा गर्न लागिएको छ ।
सलमान खान दबंग खान अर्थात सलमान खान पारिश्रमीकको मामलामा सबैभन्दा अगाडि छन् । सलमानको नाम नै फिल्म चल्ने ग्यारेण्टी भएको छ । उनका कयौं फिल्मले १०० करोड क्लबमा नाम दर्ता गरिसकेका छन् । सुत्रका अनुसार सलमान खानले आफ्नो पारिश्रमिक पनि अब १०० करोड बनाएका छन् ।
आमिर खान मिस्टर परफेक्सनिस्ट अर्थात आमिर खान बलिउडका एक यस्ता कलाकार हुन जसको चलचित्रले २०० करोड भन्दा पनि धेरै कमाई गरिसकेको छ । उनको चलचित्र हेर्नको लागि दर्शकहरु आतुर हुन्छन् । 'धुम ३' मा धुम नचाउने आमिर कुनै फिल्ममा काम गर्दा ४५ करोड लिने गर्छन् ।
शाहरुख खान बलिउडका बादशाह किंग खान अर्थात शाहरुख खान 'चेन्नई एक्सप्रेस' पछि अझै रफ्तारमा दौडिरहेका छन् । उनको चलचित्रले बक्स अफिसमा धमाल मचाउने गर्छ र दर्शकहरुले पनि किंग खानको एक्टींगलाई औधि मन पराउछन् । उनले कुनै पनि चलचित्रमा काम गर्नको लागि ३५ देखि ४० करोड सम्म लिने गरेका छन् ।
अक्षय कुमार कमेडी र एक्सन किंग मानिने अक्षय कुमार का कयौं चलचित्र हिट भएका छन् । यी कमेडी हिरोले चलचित्रमा काम गरेको पारिश्रमीक भने ३० करोड रहेको छ । सुत्रका अनुसार उनी चलचित्र इन्ड्रस्टीमा जेरोबाट शुरु भएका हिरो हुन् ।
ऋतिक रोशन अरु भन्दा फरक लुकका ऋतिक रोशन हिन्दी सिनेमाको बक्स अफिसका सुपरम्यान भईसकेका छन् । कृष, धुम तथा जोधा अकबर जस्ता चलचित्रले उनको चलचित्र करियर नै धेरै माथि पुगिसकेको छ । ऋतिकले आफ्नो एक्टिंगको बदलामा लिने पारिश्रमीक भने २५ करोड रहेको छ ।
अजय देवगन बलिउडमा सबैभन्दा फरक पहिचान बनाएका अजय देवगन आफ्नो भुमिकाले दर्शकलाई आश्चर्यमा पार्ने गर्छन् । उनले चलचित्रको लागि भने १० देखि १५ करोड सम्म लिने गरेका छन् ।
शाहिद कपुर विभिन्न नायिकासँग नाम जोडिएका शाहिद आर राजकुमारको सफलता पछि अझै डिमान्ड गर्ने नायकमा गनिएका छन् । आफ्नो पारिश्रमीकको लागि कसैसँग सम्झौता गर्ने गरेका छैनन् । शाहिदले एउटा चलचित्र गरे वापत १० देखि १२ करोडसम्म लिने गरेका छन् ।
सैफ अली खान पारिश्रमीकको मामलामा सैफ अली खान पनि कम छैनन् । उनले आफ्नो हरेक चलचित्रमा ६ देखि ८ करोड सम्म लिने गरेका छन् ।
रणबीर कपूर रकस्टार रणबीर कपूरले आफ्नो एक्टिंगबाट बलिउडमा छुट्टै ठाउँ बनाइसकेका छन् । एक भर्साटाईल नायकको रुपमा पनि आफूलाई प्रमाणित गरिसकेका चक्लेट हिरो रणबीरले एक चलचित्रको पारिश्रमीक ६ देखि ८ करोड लिईरहेका छन् ।
अमिताब बच्चन कुनै जमानामा एकछत्र रुपमा बलिउडमा राज गर्ने बिग बी को लोकप्रियता अहिले पनि घटेको छैन् । उनी अहिले पनि चलचित्र क्षेत्रमा लागि परेका छन् । एक चलचित्रको लागि उनले ५ देखि ६ करोड अहिले पनि लिईरहेका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger