पुरुषले किन गर्छन् बडी आत्मा हत्या ? जानी राखौ
आत्महत्या झ्वाट्ट हेर्दा कुनै रोगसंग सम्बन्धित देखिंदैन र यो एक सामाजिक समस्याजस्तो मात्र देखिन्छ । अकालमा हुने मृत्युका कारणहरूमध्ये यो एक प्रमुख माध्यम भएता पनि नेपालमा आत्महत्याको बारेमा निकै कम अध्ययन गरिएको छ । विदेशमा गरिएका विभिन्न अध्ययनहरूले आत्महत्या शारीरिक तथा मानसिक रोगसग प्रत्यक्ष तथा परोक्ष किसिमले सम्बन्धित देखिएको छ । भारत आत्महत्यासम्बन्धी अध्ययनमा नेपालभन्दा निकै अगाडि छ । विश्वमा झण्डै २ हजार २ सय २३ जनाले दैनिक आत्महत्या गर्छन् । हरेक ४० सेकेण्डमा एक जना आत्महत्य गर्ने गरेको तथ्याङ्कले बताउँछ । १५ देखी ४४ वर्ष सम्मका मानिसहरुको मृत्युको तेस्रो कारण नै आत्महत्या हो ।
कसरी गरिन्छ धेरैजसो आत्महत्या ?
नेपालमा अधिकांशले झुण्डिएर आत्महत्या गर्ने गरेको देखिएको छ । पश्चिमी मुलुकहरूमा भने विष्फोटक हतियारको प्रयोगद्वारा ७० प्रतिशतभन्दा बढी आत्महत्या हुने गर्दछन् । पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर तरिकाको प्रयोग गर्दछन – जस्तै झुण्डिने, हतियार को प्रयोग गर्ने । महिलाहरू भने प्राय विष सेवन गर्ने, पानीमा डुब्ने जस्ता तरिकाको प्रयोग गर्छन ।
महिला भावनात्मक रुममा कमजोर हुन्छन् उनीहरुमा सहनशिलता पनि कम हुन्छ । तर, किन पुरुषले बढी आत्महत्या गर्छन् त ? महिलाहरुले भन्दा पुरुषले तीन गुण बढी आत्महत्या गर्ने तथ्याङ्कले बताउँछ । विश्वमा महिलाको भन्दा पुरुषको संङ्ख्या बढी छ । ४० देखी ४४ वर्षका पुरुषहरुले बढी आत्महत्या गर्ने पाइएको छ । महिलामा १८ देखी २५ वर्ष सम्मकाले बढी आत्महत्या गर्ने र पुरुषमा ४० वर्ष कटेका पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइएको छ । उमेर वृद्धि सँगै पुरुषहरुमा जिम्मेवारी बढ्दै जान्छ, आफ्नो जिम्मेबारी र व्यक्तित्व सन्तुलनमा राख्न नसकेका पुरुषहरुले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।
आत्महत्याका मुख्य कारणहरु
डिप्रेसन
डिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो । डिप्रेसन द्वारा पीडित व्यक्तिहरूमा सुरुमा मन दिक्क हुने, काम गर्न जागर नलाग्ने, बढी थकावट महसुस हुने, मनमा नकारात्मक विचारहरू आइरहने र यस्तो अवस्था सुरुमै नियन्त्रण नभएमा समस्या बढ्दै गएर जीवनको अर्थ नै नरहेको जस्तो लाग्ने, आफु मरेपनि हुन्थ्यो जस्तो लाग्ने, र अझै रोग छिपिदै गएमा अन्त्यमा आत्महत्यासम्म पुग्न सक्ने हुन्छ ।
व्यक्तित्वसम्बन्धी समस्याहरू
दैनिक जीवनका विभिन्न गतिविधिलाई नकारात्मक किसिमले असर गर्ने बानी तथा व्यवहारहरू भएकाहरु व्यक्तित्वसम्बन्धी समस्याहरूले ग्रसित हुन सक्दछन् । असामाजिक व्यक्तित्व तथा आवेशमा आउने व्यक्तित्व भएका मानिसहरूमा आत्महत्या गर्ने सम्भावना बढी पाइएको छ ।
लागू पदार्थ र आत्महत्या
हाम्रो समाजमा सबैभन्दा प्रचुर मात्रामा सेवन गरिने मादक पदार्थ रक्सी हो । रक्सी सेवन गर्ने बानि परेका व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्छ । तर, यस समस्याको व्यापकताको कारणले कूल आत्महत्याको ३३ प्रतिशत घटना रक्सी सेवनसग सम्बन्धित पाइएको छ । त्यस्तै हेरोइन नामक लागू पदार्थ सेवन गर्नेहरुमा आत्महत्याको दर जनसमुदायको भन्दा २० गुणा बढी पाइएको छ । लागू पदार्थको सुलभता, सुईद्वारा नशामा लिइने प्रचलन, असामाजिक व्यक्तित्व, अव्यवस्थित दिनचर्या र आवेशमा आइहाल्ने बानी भएकाहरूमा आत्महत्याको सम्भावना बढी हुन्छ ।
Labels:
Featured
,
life-style
