उमेरसंगै महिलाको यौन इच्छा बडी हुन्छ, कसरी जानौ
सामान्यत युवावस्थामा यौनसम्बन्धको बढी आनन्द आउँछ भन्ने भ्रम सबैमा हुन्छ तर हालै एक अध्ययनले यो कुरा गलत साबित गरेको छ । महिलाहरुलाई ध्यानमा राखेर गरिएको यो अध्ययनले अनौठो निश्कर्ष निकालेको छ । बढ्दो उमेरसँगै महिलाहरूको यौन क्षमता घट्दै जान्छ भनिन्छ । तर, सर्वेक्षण अनुसार, उमेर वृद्धिसँगै महिलाहरू यौनिक रूपमा बढी सक्रिय हुन्छन् ।
यो अध्ययन पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित भएको थियो । नौ सय महिलामा गरिएको यो सर्वेक्षणमा उनीहरूकालाई तीन समूहमा बाँडिएको थियो । १९ देखि २६ वर्षकालाई पहिलो समूहमा, २७ देखि ४५ वर्षसम्मकालाई दोस्रो र रजोनिवृत्तिबाट गुज्रिरहेकाहरूलाई तेस्रो समूहमा राखिएको थियो । तीनै समूहमध्ये पहिलो समूहमा परेकाहरूको प्रजनन् क्षमता (फर्टिलिटी) निकै बलियो थियो । दोस्रो समूहका महिलाको यो क्षमता घट्दो थियो । तेस्रो समूहमा राखिएकाहरू त रजोनिवृत्तिकै अवधिमा थिए । तीनवटै समूहको सर्वेक्षणवाट के पाइयो भने, बढ्दो उमेर अर्थात् दोस्रो र तेस्रो समूहका महिलाहरू यौनका लागि बढी सक्रिय र इच्छुक हुने रहेछन् । अर्थात्, २७ वर्षभन्दा माथिका । सर्वेक्षण अनुसार, महिलाहरू उमेरको ४० वर्ष पार गर्दाताका यौन रूपमा अझ बढी सक्रिय हुन्छन् र यौनको बढी आनन्द उठाउन चाहन्छन् ।
यति मात्र नभएर, उनीहरू युवावस्थाको दाँजोमा यो समय यौनमा नयाँ प्रयोग गर्न पनि पछि पर्दैनन् । ४० वर्ष टेक्दाटेक्दै महिलालाई अब आफ्नो जैविक घडीको समय समाप्त हुन आँटेको छ भन्ने अनुभूति हुन थाल्छ । अर्थात्, उनीहरूलाई आफ्नो आमा बन्ने क्षमतामा कमी आउने बोध हुन थाल्छ । त्यसैले उनीहरू बढी निस्पिक्री हुन्छन् । अध्ययनमा पाइएअनुसार, उमेरको तेस्रो दशक पार गर्दा र चौथो दशक पुग्न लाग्दा महिलाहरू यौन रूपमा बढी सक्रिय हुन्छिन् । उमेरको यो समयमा उनीहरू यौनिक फन्टासी गर्न थाल्छन् । अर्थात्, यो उमेरमा महिलालाई यौनेच्छा प्रवल हुन्छ ।
Labels:
Featured
,
life-style
