Latest Updates :

कस्तो अचम्म ! हातले नछोई चल्ने स्मार्टफोन

SHARE THIS POST :
अब यस्तो स्मार्टफोन आइसकेको छ जसलाई चलाउनका लागि हातले छुन आवश्यक छैन । सेसेम नामको यो स्मार्टफोन विशेषरुपमा भिन्न प्रकारले सक्षम मानिसहरुका लागि बनाइएको हो । यो फोन यस्तो प्रविधियुक्त छ जसलाई हातले नछुँदा नै काम गर्ने गर्दछ ।
टाउकोको हलचलले गर्दछ कामः यो फोनलाई इजरायलको कम्पनी सेसम अनेबलले बजारमा भित्र्याएको हो । सेसेम एन्ड्रोइड ओएसमा काम गर्ने स्मार्टफोन हो जसमा हेड ट्र्याकिङ प्रविधि अपनाइएको छ । यसै प्रविधिमार्फत यो स्मार्टफोन भिन्न प्रकारले सक्षम मानिसहरुको टाउको र पाखुराको इशारामा काम गर्ने गर्दछ । फ्रन्ट क्यामराले गर्नेछ कामः सेसम स्मार्टफोनमा एड्भान्स कम्प्युटर भिजन अल्गोरिदम प्रविधि दिइएको छ । यसका साथै यो फोनमा राखिएको फ्रन्ट क्यामराले टाउकोको व्यवहारलाई पहिचान गर्दछ जसको मद्दतले कर्सरलाई कन्ट्रोल गर्दछ र आदेश पनि दिनेछ । आइफोन सिक्स जत्तिको महँगोः विशेष प्रविधिमा आधारित यो सेसम स्मार्टफोनको मूल्य १,००० डलर हो जुन एप्पल आइफोन सिक्स जत्तिकै हो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger