विस्वको सबै भन्दा ठुलो हिप भएकी महिलाहरु
संसारमा विभिन्न सुन्दरी प्रतियोगिता भएको खबर त हामीमध्ये धेरैलाई थाहा छ । कतै मिस नेपाल, कतै मिस वल्र्ड, कतै मिस युनिभर्स भने कतै मिस इन्डियाको उपाधि जित्नेको संख्या वर्षेनी बढ्दो छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर संसारमा यस्तो पनि प्रतियोगिता छ जहाँ हिपको आकारको आधारमा उपाधि प्रदान गरिन्छ । जसको सबैभन्दा ठूलो र अचम्मको हिप छ, त्यसले नै जित्नेछ ‘संसारको सबैभन्दा अचम्मको हिप’ को उपाधि ।
यो वर्ष चारजना महिलाहरुले उक्त उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएका छन् । निकै मोटा मिकेल, डेनाइस, मार्लेना र क्लाउडिया आफ्नो शारिरिक बनावटप्रति निकै खुसी भएको बताउँछन् – दैनिक कार्य गर्न असजिलो हुने भएपनि ।
आफ्नो आठ फुटको हिपसहित ४२ वर्षीया मिकेल रफिनेली संसारको सबैभन्दा ठूलो हिप भएकी महिला घोषित भएकी छिन् ।
लस एन्जलसमा बस्ने चार छोराछोरीकी आमा आफ्नो शारिरिक बनावटप्रति निकै सन्तुष्ट भएको बताउँछिन् र उनका श्रीमानले पनि उनको यो शरिरलाई निकै मन पराउने उनले बताएकी छिन् ।
गर्विलो आवाजमा मिकेल भन्छिन्, ‘म अत्यधिक छु र मेरो शारिरिक बनावट पनि अत्यधिक छ । म मेरो शरिरलाई निकै मन पराउँछु । म मेरो हिप मनपराउँछु । यो मेरो सम्पत्ति हो ।’
हिपका कारण आफ्नो दैनिक कार्य गर्न निकै अप्ठेरो परेको उनले स्विकार गरेकी छिन् । उनलाई खाना पकाउनदेखि नुहाउनसम्म अप्ठेरो परेको उनी बताउँछिन् । कारमा नअट्ने भएका कारण उनी ठूलो ट्रक चलाउन बाध्य छिन् ।
अर्की ५६ वर्षीया डेनिस सोउडर ६ फिटको हिपसहित रेकर्ड कायम गर्न सफल भएकी छिन् । स्यासी डेनिस भन्छिन्, ‘यो कुरा मलाई भगवानले दिएका हुन् त्यसकारण यसलाई किन मन नपराउने ?’ डेनिसक पार्टनरले स्टिभका अनुसार यदि उनले आफ्नो हिपको आकार घटाएको खण्डमा उनी आफ्नी प्रेमिकाप्रति कम आकर्षित हुने बताएकी छिन् । तर स्टिभ तौलका कारण डेनिसले सहनुपरेको कष्ट प्रति दुखमनाउ गर्छन् ।
स्टिभ भन्छन्, ‘म उनी मोटी भएको हेर्न चाहन्छु तर उनी अस्वस्थ भएको हाइन र उनको शरिरमा धर्काहरु पनि देखिन थालेका छन् । ’
‘उमेर बढेसँगै यसको समस्या पनि थप हुने गर्दछ । कहिलेकाँही उनी मोटी भएको कुरालाई मनपराएकोमा दोषी ठान्दछु ।’ न्यूयोर्ककी मार्लेना प्लमर, ३५, को पनि हिपको साइज ७ कम छैन । ७ फिट हिप भएकी उनी आफ्नो खाली समयमा स्विमिङ जान्छिन् र डान्स गर्ने गर्दछिन् । अहिले उनी पार्टनरको खोजीमा भएको बताएकी छिन् ।
उनी भन्छिन्, ‘मेरो विश्वास छ कि कुनै दिन कुनै व्यक्ति मेरो लागि पक्कै आउनेछ ।’ उनी भन्छिन्, ‘म सानै हुँदा नै मेरो हिप ठूला थिए । म थोरै खाना खान्थेँ । मेरो हिप किन यसरी बढिरहेको छ भन्ने कुरा आजसम्म पनि कसैलाई थाहा छैन । तर म मेरा हिप मनपराउँछु , म मेरो आकार र हिपलाई माया गर्छु ।’
मोडलिङमा आफ्नो करियर बनाउन चाहने र प्लस साइज ४० वर्षीया मोडल क्लाउडिया आफ्नो हिपलाई थप बढाउनका लागि अष्ट्रियाबाट हलिउडमा स्थानान्तरण भइन् ।
उनी आफ्नो ६४ इन्चको हिपले उनलाई स्टारडमको लागि सहयोग गर्ने कुरामा उनी विश्वस्त छिन् ।
क्लाउडिया भन्छिन्, ‘मलाई मेरो हिप निकै सेक्सी लाग्छ । वास्तवमा मेरो सबै शरिर नै सेक्सी लाग्छ ।’
‘मानिसहरुले मलाई हेर्न रुचाउँछन् किनभने म अरुभन्दा भिन्न छु । म निकै ठूलो छु तर मैले आफूलाई निकै आत्मविश्वासका साथ अघि बढाइरहेकी छु ।’ ‘मैले दैनिक २७ विवाहको प्रस्ताव पाउने गरेकी छु, ’ उनले भनिन् ।