नेपालमा पछिल्लो समय आख्यान लेख्ने क्रम बढेको छ । आफूलाई उपन्यासकारका रुपमा अब्बल लेखक बनाउने होडमा सबै लागेका छन् । यही क्रममा नेपाली सिनेमाका नेपालीबाबु सदावहार नायक भुवन केसी र चपली गर्लका रुपमा स्थापित भएर चलचित्र नपाएपछि खेतीकिसानी सेलिब्रेटी बेनका विनिता बराल पनि थपिँदै छन् । बुधबारको जनआस्थाका अनुसार, भुवन केसी पनि आफ्नो आत्मकथा बाहिर ल्याउने तयारीमा छन् । किताबमा समेटिएको छ, रुपा रानादेखि थरी–थरीका नायिकासँग ओछयानसम्मको कहानी ।
एउटी नायिकाका आमाछोरीसँग रोमान्सको कहानी छँदै छ । थरी–थरी नायिकासँगको रोमान्सलाई समेटेर पुस्तक तयार भएपछि घोस्टराइटिङका कमल ढकालले पुस्तकको नाम ‘प्ले ब्वाई’ राख्न खोजे । छाप्नेको ध्यान किताब कसरी हुन्छ बिकाउनु छ त्यही थियो ध्येय । यही पछि हो, भुवन केसीले रोइकराइ गर्न थालेको । भुवनले यो नाम हुँदैहुँदैन भन्ने अड्डी कसेपछि नाम परिवर्तन भएर ‘सुपरस्टार’ राखिएको छ । यही पछि हो कमलले साथीसर्कलमा भुवन केसीले पुस्तकको नाम प्ले ब्वाय राख्न नमानेको चर्चा गर्दै हिँडेको । २१ चैतसम्ममा निकाल्ने तयारीसाथ काम भइरहेको पुस्तक प्रेसमा गइसकेको छ । यससम्बन्धमा केसीसँग जिज्ञासा राख्दा भन्दै थिए, ‘कुन बेबकुफले हल्ला चलायो यस्तो ?’ यस्तै, अभिनय गरेका चलचित्रको पोस्टर मात्रै चल्ने र चलचित्र नचल्ने भएपछि कलाकार हैरान छन् ।
यसैले कृषि कर्ममा लागेकी नायिका विनिता बराल यतिखेर उपन्यासकार बन्ने लहडमा छिन् । नेपालमा उपन्यासकार बन्न गाह्रो छैन पनि । भाडाका लेखक पाइहालिन्छ । तिनैको प्रयोगमा पुस्तक एउटाले लेखिदियो, न्वारान अर्कैले गरिदियो । पुस्तकको कभरमा नाम छापिँदै छ विनिता बरालको । उनको किताव वैशाखसम्म बजारमा ल्याउने तयारीसाथ फाइन प्रिन्टले छाप्दै छ । उनले लेखेको पाण्डुलिपि हेरेका एक साहित्यकार भन्छन्, ‘उपन्यासको बाहिरी पानामा नाम मात्रै उनको हो, उपन्यास लेखिदिने कुनै फिल्म निर्देशक ।’ चपली हाइटले चर्चाको शिखरमा पु¥यायो । यसपछिका फुलस्टपसँगै उनको फिल्मी करिअरमा समेत फुलस्टप नै लाग्यो । सुपरहिट चलचित्रमा काम गर्दै गर्दा विनिताको दिल निर्देशक निरञ्जन पाण्डेसँग साटियो । टोखामा १० रोपनी जग्गा भाडामा लिएर निरञ्जन पाण्डे, श्रीकृष्ण अधिकारी, कृष्ण न्यौपानेको सहकार्यमा कृषि कर्म गर्न लागिन् । उनै निरञ्जनसँग डेढ वर्षदेखि लिभिङ टुगेदरमा रहेकी छन् । अहिले यो जोडी टोखामा रहेको ग्रिनसिटी अस्पतालनजिकै बस्छ । यससम्बन्धका बारेमा सोध्दा बरालले ‘निरञ्जन आफ्नो प्रेमी भए पनि लिभिङ टुगेदरमा नरहेको’ बताइन् । भन्छिन्, ‘भर्खर त जुइनोको गाँठो खोल्न खोज्दै छु, लगनगाँठो त्यसपछाडि मात्र कस्ने सोच छ, ‘तत्काल विवाह नगरेकोबारे अर्का तर्क छ, ‘मास्टर्स सकिएको छैन ।’ जनआस्थाबाट