Latest Updates :

कन्डम नलगाई सम्पर्क गर्दा कुन औषधि प्रयोग गर्नु उचित होला ?

SHARE THIS POST :
प्रश्न” : म २५ वर्षकी भएँ। हालसम्म अविवाहित नै छु। म प्रेम सम्बन्धमा छु र मेरो प्रेमी २९ वर्षको भयो। हामीले अहिलेसम्म कन्डमको प्रयोग गर्ने गरेका थियौं, तर मेरो प्रेमी कन्डम नलगाई यौनसम्पर्क गर्न चाहन्छ। हाम्रो प्रेमसम्बन्ध भएको यस्तै ९-१० वर्ष भयो, तर यौनसम्पर्क चाहिँ यस्तै ५-६ पल्ट मात्र भएको छ। मेरो प्रेमी नेपालभन्दा बाहिर छ, अब ऊ स्वदेश र्फकंदैछ। उसले भनेको छ- ऊ कन्डमबिना नै यौनसम्पर्क गर्न चाहन्छ। अब के गर्दा ठीक होला ? मैले औषधी खानुपर्ने हो कि ? मेरो प्रेमीले औषधी खानुपर्ने हो ? कुन औषधी खाँदा ठीक होला ?
‘उत्तर : भौगोलिक दूरीका बावजुद यति लामो समयसम्म यसरी प्रेम सम्बन्धलाई निरन्तरता दिनुले तपाईंहरूको पे्रमसम्बन्धको गहिरोपन मात्र होइन, एक-अर्काप्रतिको समर्पणलाई पनि दर्साउँछ। प्रेममय सुखद भावी जीवनका लागि शुभकामना।

कन्डम किन लगाउने ?
कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला एक विशेष किसिमको रबरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो। अहिले सामान्य रूपमा बजारमा उपलब्ध हुने पुरुषको लिङ्गमा लगाइने कन्डम ल्याटेक्स रबरबाट बनेका हुन्छन्। अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको छ भन्ने कुरा तपाईंलाई पनि थाहै होला। कन्डमको प्रयोगले गर्भनिरोध हुने मात्र होइन, यसले एचआईभी तथा यौन रोगको संक्रमणबाट पनि बचाउँछ। सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ। कन्डम लगाएपछि वीर्य स्खलन हुँदा योनिमा पर्न पाउँदैन, त्यसैले वीर्यमा भएका शुक्रकीट पनि पाठेघरमा पस्न पाउँदैन, त्यसैले गर्भ रहने कुरै भएन। तपाईंहरूले कन्डम प्रयोग गर्नुको प्राथमिकता गर्भ निरोध थियो वा यौनरोगबाट बच्नु थियो वा समान रूपमा दुवै थियो स्पष्ट जानकारी भएन। गर्भनिरोधका अन्य उपाय प्रयोग गरिरहेको स्थितिमा पनि कन्डमको प्रयोग गर्दा यौनरोगबाट बच्न सहयोग गर्ने कुराले यसलाई महत्त्व प्रदान गरेको छ।
कन्डम यौन स्वास्थ्यलाई सुरक्षित बनाउन प्रयोग गरिने साधन पनि हो। माथि नै भनिसकियो कि यसले एचआईभी तथा यौनरोगको संक्रमणबाट पनि बचाउँछ। सामान्यतः कन्डमको प्रयोगले पुरुष तथा महिला दुवैको स्वास्थ्यमा कुनै नकारात्मक असर पार्दैन।
कन्डम लगाउन किन नमानेका होलान् ?
कतिपय व्यक्तिले कन्डमले यौनसन्तुष्टि नदिने भन्दै कन्डमको प्रयोगलाई झन्झटिलो पनि मान्छन्। वास्तवमा कुरा त्यसो होइन। छालाको सीधा सम्पर्कभन्दा कुनै वस्तु बीचमा राखेर सम्पर्क गर्दा केही फरक त पर्ने नै भयो। केही व्यक्तिले यसलाई यौनसन्तुष्टि कम गर्ने कारक माने पनि जान्ने व्यक्तिका लागि यो कुरा फरक हुन सक्छ। पहिलो कुरा त यसमा अभ्यस्त हुन सकिए त्यसमा यौनसन्तुष्टि मजाले नै पाउन सकिन्छ। दोस्रो, लिङ्गमा कन्डम लगाउने कुरालाई पाक्क्रीडासँगै जोड्न सक्नुपर्छ। आफूलाई आवश्यक पर्ने कन्डमको प्याकेट -पोेका) ओछयानको नजिकै राख्नुपर्छ, जसले गर्दा यौन क्रियाकलाप -पाक्क्रीडा) सुरु गरिसकेपछि सोको निरन्तरतालाई टुटाउनु नपरोस्। यसरी पाक्क्रीडाकै क्रमको निरन्तर क्रियाकलापका रूपमा कन्डम लगाउने प्रक्रियालाई पनि सँगसँगै लिएर जाने अभ्यास गरे झन्झटिलो नलाग्ने मात्र होइन, त्यसले यौन उत्तेजना पनि थप्छ। कन्डम लगाउने कार्यमा महिला तथा पुरुष दुवै सहभागी भए सुनमा सुगन्ध थपिन्छ।’
अर्को विचार गर्नुपर्ने कुरा, महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्रमा केही भिन्नता हुन्छ। चरमसुख प्राप्त गर्न महिलालाई केही बढी समय लाग्न सक्छ भने चरमसुख पछि पुरुष चभाचबअतयचथ उभचष्यम मा जान्छ। कन्डमले लिङ्गको संवेदनशीलतामा पार्ने फरकले पुरुष तुरुन्तै चरमसुख तथा वीर्य स्खलनको चरणमा पुग्दैन र यसका लागि केही समय लाग्छ। यसरी केही बढी समय लाग्नुले महिलालाई यौन चरमसुख पाउने कार्यमा सहयोग नै पुर्‍याउँछ। अर्कातिर, कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्याले सताएको हुन्छ र कन्डमको प्रयोग यस्तो बेलामा एक उपचार विधि सावित हुन सक्छ।’
के औषधी खानुपर्ला ?’
सर्वप्रथम केका लागि औषधी खाने भने स्पष्ट हुनु आवश्यक छ। तपाईंले यौनरोगको औषधी भन्नुभएको होला जस्तो लाग्दैन। पक्कै पनि गर्भ निरोधका लागि भन्नु भएको हुनुपर्छ भन्ने मानेर जवाफ दिने प्रयास गरेको छु।
कन्डम प्रयोग नगरिएको स्थितिमा खाने चक्की, तीनमहिने सुई, ईम्लान्ट, कपर-टीजस्ता कुनै पनि गर्भनिरोधका साधन प्रयोग गर्न सकिन्छ। यी सबै साधन महिलाले प्रयोग गर्ने भएकाले तपाइर्ंको प्रेमीले प्रयोग गर्ने स्थिति भएन।
सन्तान नजन्माई गर्भनिरोधका साधन प्रयोग गर्नु हुँदैन भन्ने सोचाइ कतिपय व्यक्तिमा भए पनि त्यो सत्य होइन। तपाइर्ंले यसको खोजी गर्नु भएकोमा म हषिर्त छु। सन्तान जन्माउन बाँकी विवाहित महिलाले मात्र होइन, किशोरीहरू अनि तपाईंजस्ता युवतीले खाने चक्की, तीनमहिने सुई वा संगिनी कपर टी अनि इम्लान्ट पनि प्रयोग गर्न मिल्छ। खाने चक्कीमा नीलोकन, सुनौलो गुलाफजस्ता चक्की बजारमा किन्न सकिन्छ। सरकारी परिवार नियोजन केन्द्रहरूबाट पनि खाने चक्की निःशुल्क प्राप्त गर्न’सकिन्छ।’
‘;कतिपयले यौनसम्पर्क हुने दिनको वरिपरि मात्र औषधी सेवन गर्ने चलन बढ्दो छ। यदि नियमित यौनसम्पर्क हुने स्थिति छ भने यस्ता खाने चक्की पनि नियमित रूपमा सेवन गर्नुपर्छ। तपाईंलाई थाहै होला, आजकाल आकस्मिक गर्भनिरोधका विभिन्न उपाय उपलब्ध छन्। नियमित यौनसम्पर्क हुने स्थितिमा आकस्मिक गर्भनिरोधको सट्टा नियमित रूपमा गर्भनिरोधको उपाय गर्नुपर्छ। गर्भनिरोध प्रभावकारी हुन त्यसको सही प्रयोग गर्नु आवश्यक हुन्छ। यदि अनिच्छित गर्भ रहन गए त्यसको सामाजिक तथा स्वास्थ्यसम्बन्धी जटिलता निकै हुन्छ। गर्भपतनसमेत गर्नुपर्ने स्थिति आउन सक्छ। गर्भपतनका आफ्नै असरहरू हुन्छन्। त्यस्ता असरको तुलनामा गर्भनिरोधका औषधीका सामान्य असर नगन्य नै हुन्छन् भन्ने हेक्का राख्नुपर्छ



SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger