पहाडी जिल्लाका भुकम्प पीडितलाई तराईमा पुनरस्थापना गरिएमा युद्ध गर्ने धम्की दिएका विवादास्पत व्यक्ति डा. सिके राउतले नेपाली महिला र नेपाली सेनामाथि गम्भीर आरोप लगाएका छन् । एक मधेश एक प्रदेशको नारा उचालेर केही समयअघि निकै विवादमा आएका डा. राउत पछिल्लो समय भुकम्प प्रभावितलाई तराई सार्ने कि भन्ने बारेमा चलिरहेको छलफलमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले पहाडमा भुकम्पको क्षति भएको नाममा मान्छे तराईमा सार्न नपाइने भन्दै यदि सारिएमा त्यसका विरुद्ध आफूले युद्ध गर्ने धम्की दिएका थिए । उनको यो अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।
त्यसलगत्तै तिनै राउतले फेरि अर्को गम्भीर आरोप आफ्नो ट्वीटर स्टाटसमा लगाएका छन् । उनले आफ्नो ट्वीटर पोष्टमा पहाडी महिलाहरु वेश्या भएको आरोप लगाएका छन् । साथै उनले यो उनीहरुको पुख्र्यौली पेशा भएको समेत दावी गरेका छन् । रौतहटमा यौनकर्मी पक्राउ परेको भन्दै कसैको फोटो राखेर उनले यो ट्वीट गरेका छन् । उनले यो कुरा पटक पटकका पोष्टमा उल्लेख गरेका छन् ।
अर्को पोष्टमा भुकम्प पीडितलाई मधेश ल्याउँदा बेश्यावृति भित्रने दावी गरेका छन् । उनले पहाडीलाई नेपालीको संज्ञा दिँदै उनीहरुलाई मधेशमा सार्दा पुनरनिर्माण नभई मधेश ध्वस्त हुने बताएका छन् । तराईमा वन फडानी हुने, जमिन कब्जा हुनेदेखि हैजा, वेश्यावृति र आतंक मधेश भित्रने दावी समेत गरेका छन् ।
यसअघि मधेश ट्क्र्याउने धम्की दिँदै आएका राउतले थुप्रै ट्वीट पोष्टमा पहाडीलाई नेपालीको संज्ञा र तराइवासीलाई मधेशीको संज्ञा दिएका छन् । आफ्नो यो अभियानबारे मधेशका नेताहरुले नबोलेकोमा आक्रोश व्यक्त गर्दै मधेशी नेताहरुलाई जोइटिग्रे भएको आरोप लगाएका छन् । उनले भनेका छन्, “नेपालीनीसँग पल्केका जोइटिग्रे मधेशी नेताहरु त यसबेला किन बोल्थे, आफ्नो ससुराली नै बसाई सराई भई झन नजिक हुन थालेपछि ।”
सिके राउतले नेपाली सेनाप्रति पनि गम्भीर आरोप लगाएका छन् । नेपाली सेना कायर भएको र काम नलाग्ने भएको बताउँदै बहादुर भन्न नमिल्ने उनले आरोप लगाएका छन् । उनको अर्को ट्वीट पोस्ट यस्तो छ, “जाबो यौटा पिलिन त रनवेबाट हटाउन विदेसी सेनालाई गुहार्ने नेपाली सेनाको वीरता र बखान त हेर । उनले अर्को पोष्टमा लेखेका छन्, “कहिले माओवादीसँग लड्न नसकेर मन्त्र होम गर्ने, बन्दुक चलाउने नजाने बोको चढाउने, कहिले उद्धार र राहत गर्न अछता चढाउने यही हो गोरखाली विरता ।“