मुम्बई । बलिउडकी ‘बेबी डल’ अर्थात अभिनेत्री सन्नी लियोन फेरी पहिलो स्थानमा आएकी छन् । उनको अभिनय रहेको म्युजिकल रोमान्सपुर्ण चलचित्र ‘एक पहिली लीला’ को ट्रेलर अहिले युटुवमा सर्वाधिक हेरिएको ट्रेलरहरु मध्य पहिलो स्थानमा रहेको छ । सन्नीको यो ट्रेलरले अमिताभ बच्चन, अक्षय कुमार ,दीपिका पादुकोण जस्ता हस्तीको ट्रेलरलाईपछि परेको छ ।
दुई महिना पहिले सार्वजनिक गरिएको यो ट्रेलर एक करोड भन्दा बढीले हेरिसकेका छन् । अत्याधिक ट्रेलर हेरिएको सुचिमा पहिलो र दोस्रो स्थानमा क्रमश राधिका आप्टे अभिनित चलचित्र ‘हन्टर’ र गुलशन देवैयाको चलचित्र ँबाम्बे वेल्वेट’ परेको छ । अमिताभ र धुनष अभिनित चलचित्र ‘शमिताभ’ र आयुष्मान खुरान अभिनित ‘दमलगाके हईशा’ क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् ।
सुशान्त सिंह अभिनित चलचित्र ‘डिटेक्टिव ब्योमकेश बक्शी’ छैटो स्थानमा रहेको छ भने सातौ इमरान हाशमीको ‘मिस्टर एक्स’ र आठौमा अक्षय कुमार अभिनित ‘गब्बर इन ब्याक’ देखिएको छ । त्यस्तै चलचित्र ‘पिकु’ र ‘दिल्लीवाली जालिम गलफ्रेन्ड’को ट्रेलर क्रमश नवौ र दसौ स्थानमा रहेका छन् । (एजेन्सी )