Latest Updates :

हिन्दि गीतमा मिस नेपाल २०१२ श्रृष्ठि श्रेष्ठको सेक्सी अबतार (भिडियो)

SHARE THIS POST :
बलिउड नेपाली कलाकारहरुको लागि सपना हो। आक्कलझुक्कल एक्का दुक्का नेपाली कलाकारले बलिउडमा आफूलाई सफल सावित गरेका छन्। त्यहाँ जम्नु फलामको च्यूरा चपाउनु सरह भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन।  मिस नेपाल २०१२ श्रृष्ठि श्रेष्ठ नेपाली फिल्ममा डेब्यूका लागि कोशिश गरिरहेकी छन्। उनले फिल्म खेल्नेमा विभिन्न समाचार आएपनि तीनले मूर्त रुप लिन पाएका छैनन्।

उनले अवसरको खोजी नेपालमा मात्र नभइ बलिउडमा पनि खोजिन तर खास उपलब्धी उनले हासिल गरिसकेकी छैनन्। बलिउडमा केही समय भविष्य खोजेकी श्रृष्टीले यसै करिब एक वर्ष अगाडी रिलिज भएको सन्नी लियोनीको फिल्म 'ज्याकपट'को 'कभि जो बादल बर्षे' बोलको गीतको अनप्लगड संस्करणको भिडियो अभिनय गरेकी रहेछिन्। उनले अभिनय गरेको सो भिडियोलाई टिसिरिजले आफ्नो यूट्यूवमार्फत आज मङ्गलबार रिलिज गरेको छ। गीतमा उनले सो फिल्मका लिड कलाकार सचिन जोशीसँग रोमान्स गरेकी छन्।

त्यस्तै चर्चित बलिउड हंगामा डटकमले पनि उनको भिडियोलाई आफ्नो वेवसाइटमा स्थान दिएको छ। उनले भिडियोमा खुलेरै ग्ल्यामरस अभिनय गरेको देख्न सकिन्छ। गीत रिलिजले उनको बलिउड करियरलाई नयाँ मोड दिने सम्भावनाको ढोका भने खोलेको आभास गर्न सकिन्छ। भिडियोको क्रेडिटमा गायक अर्जित सिं आदिको नाम भए पनि श्रृष्टिको नाम भने राखिएको छैन्।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger