Latest Updates :

पर्सामा तिन पुरुष र १० महिला यौन क्रियाकलाप गर्दा गर्दै पक्राउ

SHARE THIS POST :
पर्सामा तिन पुरुष र १० महिला यौन क्रियाकपाल गरिरहेको अवस्थामा पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगन्जका बिभिन्न स्थानमा छापा मारेर यौन अखडाबाट आपत्तिजनक अवस्थामा १३ जनालाई पक्राउ गरेको हो ।

वीरगन्जको बसपार्क, भंसार र लक्षमणवा क्षेत्रमा छापा मारेर अवैध यौन अखडा सञ्चालन हुँदै आएको ठाउँबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अवैध यौन धन्दामा संलग्नहरुलाई वडा प्रहरी कार्यालय श्री पुर र जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


यसैबीच इलाका प्रहरी कार्यालय, सेढवाका घुमुवा सुरेन्द्रप्रसाद कलवार र प्रहरी चौकी पीडारीगुठीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्काबीच लेनदेनको विषयलाई लिएर कुटाकुट परेको छ ।

इलाका प्रहरी कार्यालय, सेढवा परिसरमा मंगलवार उनीहरबीच कुटाकुट भएको प्रहरी स्रोतले जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger