Latest Updates :

निखिलकि पत्नी संचितालाइ भूकम्पले प्रेम गर्न सिकायो ! भो त अब

SHARE THIS POST :
शनिबार परेकाले पनि गत बैशाख १२ गते नायिका सञ्चिता लुईंटेललाई छोराछोरी स्कुल पु¥याउनुपर्ने, बिहानै उनीहरुका लागि टिफिन तयार गर्नु पर्ने लगायतका व्यस्तता थिएन । त्यसैले अरु दिनको तुलनामा उनी फुर्सदमा बसेकी थिईन । त्यसो त लामो समयपछि फिल्मी करिअर सुरु गरेकी नायिका लुईंटेलले अभिनय गरेको चलचित्र तेस्रो सातासम्म पनि सफलताका साथ चलिरहेको खुशी उनमा छदैं थियो । खुशीसँगै छोराछोरीसँग खेल्दै दूध खुवाउन लागेकी उनलाई एक्कासी घर हल्लिएको महशुस भयो । उनले केहीबेर सोच्नै सकिनन् के भैरहेको छ भनेर । भूकम्प गएको झण्डै १० सेकेण्डपछि मात्रै उनले भूकम्प गएछ भन्ने सोच्न भ्याइन । त्यसपछि उनी भावशुन्य भएर दुबै छोराछोरीलाई च्यापेर घरमै बसिन ।

कम्पन कम भएपछि छोराछोरी च्यापेर खुल्ला स्थान तर्फ दौड्दै गरेकी उनको आँखामा एउटी आमाले भाग्दै गर्दा छोडिएकी छोरी परिन । उनलाई त्यतीबेला लाग्यो एउटा मान्छे आपतमा आमा, श्रीमती, छोरी, बाबु, छोरा, श्रीमान भन्दा धेरै आफु हुने रहेछ । उनले बाटोमा आमा छुटेर अलमलिएकी नानी पनि आफैंसँग लिएर घरभन्दा अलि तलको चर्चमा छिरिन । जहाँ बस्नका लागि चौर थियो । उनी मात्रै होईन धेरै त्यस क्षेत्रका मान्छे त्यही चर्चमा पुगेका थिए । त्यसबेला त्यहाँ उपस्थित भएका धेरै मान्छेले आफू बाँचेकोमा पटक्कै गर्व गर्न नसकेको उनले अनुभव गरिन । धेरैले हामी त बाच्यौं, यो भूकम्पले पक्कै पनि धेरै जनधनको क्षती गरेको छ । कहाँ कस्लाई के भयो होला भनेर सबै त्रसित थिए । त्यसपछि लगातार पराकम्पन आईरहे । पृथ्वीकम्पनका धक्काहरु जति बढ्दै गए उत्तिनै क्षती विवरण आउँन थालिसकेका थिएँ ।

उनले धरहरा ढल्यो रे भन्ने खबर सुनिन्, उनलाई धरहरा ढलेकोमा मन चसक्क भयो । तर, त्यो भन्दा धेरै त्यसबेला त्यो धरहरमा कति मान्छे परे होलान भन्ने चिन्ता भयो । छोराछोरी धेरै डराएकाले पनि उनले त्यसदिन त्यति धेरै केही सोच्नै सकिनन् । उनका श्रीमान निखिल उप्रेती घरबाहिर रहेका कारण पनि उनको सोचाई परिवार बाहिर जान सकेन । त्यो दिन अरुको जस्तै उनको पनि घर जाने अवस्था रहेन । पालमै रात गुजारिन । भोलिपल्ट पनि दिन उस्तै आयो । धेरै मानिसहरु घर फर्कने तयारी गर्दै थिए, ठूलो पराकम्पन आयो । कसैको घर फर्कन सक्ने अवस्था रहेन । विपद्को बेला कसैको पकेटमा पैसा थिएन । सबैलाई सबैले चिनेको पनि हुँदैन । उनी ठूलो पर्दामा देखिने भएर पनि धेरैले चिन्थे । त्यसैले उनले त्यो चर्चको चौरमा भेला भएका जतिलाई दुई दिनसम्म खान पुग्ने खाद्य सामाग्री  जम्मा पारिन । सबै मिलेर पकाएर खाए । 
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger