Latest Updates :

के लिंग बांगोपनि हुन्छ ? जानी राख्नुस

SHARE THIS POST :

लिङ्ग प्रायः सधैंजस्तो छोपिने अङ्ग भएर पनि यसको बनावटका सम्बन्धमा निकै चासो हुन्छ। पुरुषको 'व्यक्तित्व', 'पौरुषत्व' वा भनौं आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले अन्य अङ्गभन्दा सांकेतिक महत्व बढी छ। सायद त्यसैले होला, कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गको नाप तथा आकारप्रति सजग हुनु अस्वाभाविक होइन। विशेष गरी आफ्ना साथीहरूको बीचमा तुलना गर्दा फरक भए यो चिन्ताको विषय बन्न पुग्छ।

लिङ्ग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ। लिङ्गको माथिल्लो भागमा दुईवटा Corpus Cavernosa भनिने भाग हुन्छन् भने तलतिर Corpus Spngiosum। लिङ्ग उत्तेजित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छन् र लिङ्ग मोटो र कडा हुन्छ। उत्तेजित नभएका बेला त लिङ्ग लचिलो अङ्गका रूपमा रहन्छ र बाङ्गोपनको खासै आभास हुँदैन, तर उत्तेजित हुँदा मात्र यो बाङ्गोपन देखिन्छ।

लिङ्ग कुन अर्थमा बाङ्गो मान्नुभएको हो तथा कसरी आफ्नो लिङ्ग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक छ। तपाईंले अन्य व्यक्तिसँग तुलना गर्नुभएजस्तो लाग्छ। अन्य व्यक्तिलाई केही परबाट हेर्दा वा सम्पूर्ण शरीर देखिने ऐनामा केही दूरीबाट हेर्दाको भन्दा आफूले माथिबाट सीधै हेर्दा लिङ्गको बाङ्गोपन बढी देखिन्छ।

सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। सामान्य रूपमै लिङ्ग केही बाङ्गो पनि हुन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिंग आफैंमा केही मात्रामा टेढो (बाङ्गो) हुन्छ। यो सामान्य कुरा नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के भएको हुन सक्छ। लिङ्गको Corpus Cavernosa भन्ने भाग जधनास्थी (pubic bone) सम्म जोडिएको हुन्छ। त्यसैले उत्तेजित लिङ्गको कोणलाई निर्धारित गर्छ। यहाँ तपाईंले लिङ्गको बीच भागको बाङ्गोपनलाई नै संकेत गर्नुभएको होला।

अति नै बाङ्गो नभै यौनसम्पर्क राख्न गाह्रो हुँदैन। केही परिस्थिति हुन्छन् जसमा लिङ्ग अति नै बाङ्गो हुन्छ। यसमध्ये केही त जन्मजात नै हुन्छन्। मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको (hypospadias) स्थितिमा लिंग तलतिर बाङ्गो हुन्छ। यदि लिङ्ग निश्चित (स्थायी) रूपमा बाङ्गो भएको अवस्थालाई chordee भनिन्छ। मूत्रद्वारको गम्भीर संक्रमण पनि लिङ्गको बाङ्गोपनको कारण हुनसक्छ। अति नै बाङ्गो भएको स्थितिमा शल्य चिकित्सा नै लिङ्ग सोझ्याउने उपयुक्त उपाय हो। सामान्यतः गम्भीर प्रकृतिको लिङ्गको बाङ्गोपनलाई शल्यक्रियाद्वारा नै सोझो बनाइन्छ, तर तपाईंले विचार गर्नुपर्ने कुरा के छ भने शल्यक्रियाका हानि पनि हुन सक्छन्। त्यसैले आफ्नो लिङ्गको बाङ्गोपनका सम्बन्धमा शंका छ भने शल्यचिकित्सकको परामर्श लिन सक्नुहुन्छ, तर आवश्यक नै नभै हल्का बाङ्गोपनलाई सोझ्याउन खोज्दा फाइदाको सट्टा बढी नै हानि हुने सम्भावना पनि हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger