Latest Updates :

महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन ? महिला लाइ पूर्ण सन्तुस्टी दिने उपाए

SHARE THIS POST :

यौन आनन्द प्राप्त गर्ने उपाय
यौन आनन्द विभिन्न किसिमले प्राप्त गर्न सकिन्छ। केहीले तपाईंलाई चरमसुखसम्म नै पुर्‍याउन सक्छन् भने अन्यले यसलाई सहयोग पुर्‍याउने वा अर्कै किसिमको आनन्द दिन्छन्।

- योनि-लिङ्ग यौनसम्पर्क यौन आनन्द प्राप्त गर्न धेरैले प्रयोग गर्ने क्रियाकलाप हो।

- मुखमैथुन यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हो।

- गुदामैथुनबाट पनि धेरैले यौन आनन्द प्राप्त गर्ने गरेका छन्।

- हस्तमैथुन महिलाहरूले यौन आनन्द प्राप्त गर्ने एउटा उत्तम उपाय हो।

- भगांकुर चलाउनु वा यसको धर्षण नै महिला चरमसुखमा पुग्ने सायद सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले वा आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउने सकिन्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन्।

- योनिमा केही पसाउनु यौन आनन्द प्राप्त गर्ने अर्को प्रमुख उपाय हो। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा आफूलाई आनन्द आउने स्थान योनिमा खोज्न सकिन्छ जुन सामान्यतः योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी -उगदष्अ) र पाठेघरको मुखको बीचतिर हुन्छ। यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाका लागि स्तनलाई पनि प्रयोग गर्ने देखाएका छन्।

- यौन आनन्द थप्न वा त्यसलाई सहयोग गर्दा पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा खष्दचबतयचक -भ्राइवेटर) भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्।

त्यसबाहेक यौन परिकल्पना, चुम्बन, मन पर्ने व्यक्तिसँगको आलिङ्गन, कपाल, स्तन तथा स्तनको मुन्टो, तीघ्रा, यौनाङ्ग वा अन्य यौन संवेदनशील अङ्ग सुमसुम्याउनु यौन संवेदनशील अङ्गको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु, एक-आपसमा शरीर घर्षण गराउनु, यौन साहित्य पाठ गर्नु, यौन चलचित्र हेर्नु, यौनजन्य प्रदर्शनी हेर्नु, काखी यौनसम्पर्क, स्तन यौनसम्पर्क, तीघ्रामा यौनसम्पर्क, यौनअङ्ग रगड्ने जस्ता अनेक उपाय यौन आनन्द प्राप्त गर्ने क्रममा प्रयोग गर्न सकिन्छ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger