Latest Updates :

कसरी राख्ने प्रस्ताव ? जानी राख्नुस

SHARE THIS POST :
'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका कुरा भन्न नसक्दा कतिपय मानिसको प्रेमको बिरुवा उम्रनुअघि नै निमोठिइन्छ। प्रेम अभिव्यक्त गर्नु कठिन काम हो। यसपालिको 'भ्यालेन्टाइन्स डे'मा आफ्नो मनले खाएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने सोचमा हुनुहुन्छ भने यी टिप्सले तपाईंलाई सघाउलान् कि?


• तपाईंकी गर्लफ्रेन्ड ट्रेकिङ, हाइकिङ मन पराउँछिन् भने ट्रेकिङ, हाइकिङ जाने योजना बनाउनुस्। र, यसरी उनी खुसी भएको मौकामा आफ्नो मनको कुरा खुलेर राख्‍नुस्। तपाईंको यो तरिकाले उनको मन छुन सक्छ र उनले तुरुन्तै प्रेम प्रस्ताव स्वीकार गर्न सक्छिन्।
• गर्लफ्रेन्डसँग फिल्म हेर्ने योजना बनाउनुस् र फिल्म हेर्दे गर्दा बीचमा खुसुक्क सोध्नुस्–'के तिमी मेरो लाइफ पार्टनर बन्छौ?'
• गुलाबको फूल, कार्ड अथवा कुनै उपहार दिँदै आफ्नो मनको कुरा गर्लफ्रेन्डलाई भन्न सक्नुहुनेछ।
• राजधानीका विभिन्न ठाउँमा भ्यालेन्टाइन्स डेका लागि विशेष पार्टी वा डान्स पार्टीको आयोजना हुने गरेका छन्। गर्लफ्रेन्डलाई पार्टीमा लैजानुहोस् र रोमान्टिक माहोलमा उनलाई आफ्नो 'भ्यालेन्टाइन' बन्ने प्रस्ताव राख्नुस्। उनले पक्कै पनि 'ओके' भन्नेछिन्।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger