Latest Updates :

ठमेलका मसाज सेन्टरमा यौनधन्दा, सेना र प्रहरी नै बढि जाने पुष्टि

SHARE THIS POST :
काठमाण्डौंका अधिकांस मसाज सेन्टरमा यौनधन्दा हुने गरेको चर्चा चलिरहेका बेला एक अध्ययनले यसलाई प्रमाणित गरेको छ । शरीरलाई आराम दिन र रोगबाट मुक्ति पाउन मसाज ‘रिफ्रेसमेन्ट’को सबैभन्दा उत्तम उपाय हो । तर, काठमाडौंका मसाज सेन्टरहरुमा मसाज होइन ‘ससाज’ धन्दा मौलाउँदो अवस्थामा छ ।

मसाज सेन्टरका नाममा समेत यौजजन्य क्रियाकलाप हुने गरेको भन्दै प्रहरीले बेला बेला छापा मार्ने गरेको छ । तर त्यस्ता अखडामा प्रहरी छापा मार्ने नाममा युवतीको बार्गेनिङ गर्न जाने गरेको समेत अध्ययनले देखाएको छ ।
रक्षा नेपालले हालै गरेको अध्ययन छलफलमा सहभागी मध्ये केहीले आफूहरु मसाजमा काम गर्दा बलात्कृत भएको समेत सुनाएका थिए । प्रहरीले अनावश्यक रुपमा आफूहरुलाई दुःख दिने गरेको उनीहरुको आरोप छ ।
अध्ययनमा सहभागीले दिएको जवाफ अनुसार डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुराँमा पुग्नेहरुमध्ये ९२ प्रतिशत सेना र प्रहरी हुन्छन् । ग्राहक जाने सेना र प्रहरीहरु २१ देखि ५० वर्ष उमेरसम्मका छन् । उनीहरु युनिफर्ममा गएको बेला लाईन मिलाउने र पछि सिभिलमा गएर यौन सम्बन्ध राख्ने गरेका छन् । अन्य व्यवसायका नाममा सञ्चालित यस्ता अखडाहरुमा प्रहरीले मोटो रकम माग गर्ने र रकम नदिए युवती दिनु पर्ने अन्यथा व्यापार बन्द गरिदिने धम्की दिने गरेका छन् । प्रहरीको यस्तो धम्की आएपछि रकम खर्च र प्रहरी कारवाहीबाट बच्नको लागी सञ्चालकहरुले आफुहरुलाई सुम्पिने गरेको ती अखडाहरुमा कार्यरत युवतीहरुले बताएका छन् ।
विदेशी ग्राहकहरुमा भने भारतीय नागरिक बढी हुने अध्ययनले देखाएको छ । रक्षा नेपालका अनुसार अनुसन्धानमा रेष्टुराँ, डान्स बार, मसाज सेन्टर तथा केही गेष्ट हाउसमा कार्यरत गरी पाँच सय किशोरी तथा महिला संलग्न थिए ।
उनीहरुमध्ये धेरैले सशस्त्र द्वन्द्वका कारण विस्थापित भएपछि काठमाडौंसम्म आएको जवाफ दिएका छन् । उनीहरुमध्ये धेरै ठमेल आसपास बस्छन् ।
अध्ययनका अनुसार यस्तो पेशामा लाग्ने धेरै सामान्य साक्षरहरु छन् । एक प्रतिशत मात्र उच्च शिक्षा पाएकाहरु छन् । २६ प्रतिशत पूर्ण निरक्षर र ३९ प्रतिशत सामान्य साक्षर रहेको अध्ययनले देखाएको छ ।
अध्ययनको निष्कर्षमा भनिएको छ ‘मसाज पार्लरमा काम गर्ने महिलाहरु मध्ये ६०.५ प्रतिशतले कार्यक्षेत्रमा यौन गतिविधिमा संलग्न भएको बताए ।’
डान्सबारमा काम गर्ने २० प्रतिशत र क्याबिनमा काम गर्ने २ प्रतिशतले यौन गतिविधि हुने स्वीकार गरेका छन् ।
अध्ययनले डान्स बार तथा मसाज पार्लरसहितका मनोरन्जन क्षेत्रमा काम गर्ने किशोरी र महिलामा जनजाति समुदायका बढी रहेको देखाएको छ ।
ती क्षेत्रका ग्राहक भने सुरक्षाकर्मी बढी छन् । रक्षा नेपाल नामक गैरसरकारी संस्थाले हालै गरेको अध्ययन अनुसार डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुँरामा काम गर्ने महिला तथा किशोरीमा ५९ प्रतिशत जनजाति समुदायका छन् ।
अध्ययनमा संलग्नहरुले दिएको उत्तरका आधारमा तयार पारिएको निष्कर्षमा डान्स बार तथा मसाज पार्लरमा काम गर्ने झण्डै आधा अर्थात ४७ प्रतिशत १५ देखि २१ वर्ष उमेर समूहका छन् भने ४४।. प्रतिशत २२ देखि २८ वर्ष उमेर समूहका छन् ।
मनोरन्जन क्षेत्रमा काम गर्ने धेरैले परिवारलाई समेत काम गर्ने स्थान र क्षेत्र लुकाउँछन् । अध्ययनको निष्कर्षमा भनिएको छ ८२।५ प्रतिशत उत्तरदाताले कार्यस्थलमा यौनजन्य क्रियाकलाप हुने गरेको स्वीकार गरेका छन् ।’

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger