Latest Updates :

नेपाली नायिका भन्छिन सम्भोगको त कुरै नगर्नुस भो त अब !!!

SHARE THIS POST :
 नेपाली कलाकारितामा दिन दुईगुना रात चौगुना कलाकार उदाउने क्रम जारी छ । अस्ताउनेहरुको पनि कमी छैन । त्यसमध्य धेरै कमले मात्र काम र नाम पाउने गरेका छन् । सुहाउँदो फिगर र चाहिँदो कला कलाकारितामा न्यूनतम योग्यता हो । त्यही योग्यता आफूमा भएर स्टाफ नर्सको सपना मोडेर कलाकार बनेकी सुजना ढकाल यतिबेला उदाउँदो रुपमा छिन् । झापाबाट अध्यनका लागि राजधानी छिरेकी उनी कलाकारितालाई पनि सँगै लगेर अघि बढिरहेकी छिन् । ३० वटा म्युजिक भिडियो र दुई वटा चलचित्रमा अभिनय गरिसकेकी ढकालसँग गरेको कला संवाद साभारित सामग्री जस्ताको तस्तै तल प्रस्तुत छ :-

को भनेर चिनाउन चाहनुहुन्छ ? 
म आफूलाई एउटा कलाकारकै रुपमा चिनाउन चाहन्छ ।
जन्म घर कता हो ?
झापाको टोपगाछी ६ मा जन्मिएकी हुँ ।
पढाइगुणाई कता गर्नुभयो ?
झापाबाटै एसएलसी पास गरेँ । अहिले काठमाडौंमा बीबीए मढ्दै छु ।
सानो छँदा के बन्नु भन्ने सपना थियो ?
स्टाफ नर्स बन्ने रहर थियो । कलाकार पो भइएछ ।
अहिलेसम्म कतिवटा म्यूजिक भिडियो र चलचित्रमा काम गर्नुभयो ?
मैले म्यूजिक भिडियोबाट कलाकारिता सुरु गरेकी हुँ । करिब ३० वटा म्युजिक भिडियोमा मेरो अभिनय देख्न सक्नुहुन्छ । प्रेमी र आवारा चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी छु । रलिज हुन बाँकी छ ।
यस पेशाबाट सन्तुष्ट कत्तिको हुनुहुन्छ ?
मसन्तुष्ट छु । मैले यसबाट दाम र नाम दुबै पाएकी छु ।
कलारितामा नारीका लागि नामभन्दा बदनाम, दामभन्दा काम बढी गर्नुपर्छ भनिन्छ नि ?
हो यहाँ नाम भन्दा बढी बदनाम गर्छन । सही ठाउँमा बस्दा पनि मानिसले त्यसलाई कसरी बद्नाम गर्ने भनेर मौका खोज्दा रहेछन् । अस्ति भरखर म एक जना साथीसँग अनामनगरमा थिएँ । त्यही साथीसँग जोडेर मेरो खुब बदनाम गर्न खोजियो, यसलाई के भन्ने ? नाम नलिउँ तर उहाँहरुलाई के भन्न चाहन्छु भने म मार्केटमा चलेकी छु रत मेरो कुरा काटिन्छ । म यो क्षेत्रमा थिएन भने केको कुरा काट्नु नि ? मेरो बारेमा मिडियामा हल्ला भएन भने टेन्सन हुन्छ । मेरो जति कुरा काटिन्छ मलाई त्यति धेरै फाइदा हुन्छ । त्यसैले मेरो कुरा काट्न नछोड्नु होला भन्ने उहाँहरुलाई सुझाव छ । उहाँहरुलाई धन्यबाद पनि ।
युग गुग बाँच्ने कलाकार बन्न के चिजको खाँचो छ ?
युग युग जिवन्त हुने कलाकार बन्न मोडेल तथा हिरोइन हुन योग्य क्षमता बनाएर यो क्षेत्रमा आउनुपर्यो । यो क्षेत्रमा आउने वित्तिकै रातारात हिट हुनखोज्ने मानसिकता छ तर यहाँ धैर्यता चाहिन्छ । काम पाइन भनेर आत्तिनु हुँदैन । दुई चार वर्ष पर्खनुपरे पनि पर्खन सक्नुपर्छ । आफूमा क्षमता छ भने मौका पाइन्छ नै । तर यहाँ थोरै गरे धेरै नाम र दाम खोज्नेहरुलाई समस्या होला जस्तो लाग्छ । घमण्ड गरेर हिँड्यो भने त केही पनि नरहन सक्छ । त्यो आफूमा भर पर्ने कुरा हो ।
नेपाली कलाकारितामा रातातार मोडेल, हिरोइन उदाउँछन्, साँझ नपर्दै अस्ताउँछन् रे नि ?
धैर्यता गर्न सक्दैनन् । यो कलिउड हो । यहाँ हलिउड र बलिउडको जस्तो सम्भव छैन । गर्न त्यस्तै खोज्छन् । काठमाडौंमा संघर्ष गर्न आउँछन् । यहाँ आएपछि हिंड्नै पर्यो । खानै पर्यो । मोडेल भएपछि त्यसै अनुसार लगाउन पर्यो । गाह्रो छ नि । त्यसो भएपछि पलायन वा अरु बाटो रोज्छन् होला ।
एकथरी कलाकार अर्धनग्नतामा भविश्य खोजिरहेका छन् भन्ने आरोप छ नि ?
यो गल्यामरस फिल्ड हो । अलिकति त गर्नैपर्छ । तर अति गर्नु चै राम्रो होइन कि जस्तो लाग्छ ।
आफूलाई त्यो बर्गमा पर्छुजस्तो लाग्दैन ?
म त्यस्तो छु जस्तो लाग्दैन । हेर्ने आँखाको कुरा हो । मैले मेरो बारेमा मिडियामा सुनेकी छु । खुसी लाग्छ । मेरो चर्चा मिडियामा भैदिनुले मलाई झन आत्मविश्वास जाग्छ ।
जीवनलाई कसरी बुझ्नुभएको छ ?
जीवन त भाग्यको खेल न हो । इश्वरले जस्तो लेखेर पठाउँछन् त्यस्तै भोग्दै जीउनुपर्छ ।
जीवनमा मन साँट्न कोही आएन ?
हाहाहा… आजसम्म कोही आएको छैन ।
सम्भोगलाई कुन रुपमा हेर्नुहुन्छ ?
म कसरी पनि हेर्दिन । यो विषयमा त कुरै नगरौँ ।
दुई चिज रोज्नु परेमा के रोज्नु हुन्छ ?
मेरो परिवार र मिडिया क्षेत्र नै रोजछु ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger