गत वर्षको चुनावमा आफ्नो पार्टीलाई ऐतिहासिक जित दिलाउँदै भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको क्रेज भारतमा मात्र होइन की विश्वभर नै छ । उनको पहिरन, जिउडाल, दाह्री तथा भाषणका फ्यानहरु धेरै छन् दुनियामा ।
मोदीलाई विश्वको बुद्धिमान, विद्धान तथा सफल नेता मध्येे एक मानिन्छ । तर सर्च इन्जिन गुगलको कुरा पत्याउने हो भने मोदीप्रतिको यस्तो बुझाई सबै मिथ्या ठहर्छ । गुगलका अनुसार मोदी विश्वका सबैभन्दा मूर्ख प्रधानमन्त्री मध्येका एक हुन् ।
हो, गुगलले मोदीलाई विश्वका मूर्ख प्रधानमन्त्रीको अग्रस्थानमै सूचिकृत गरेको छ । गुगल सर्चमा गएर World Stupid Prime Minister टाइप गरेर तस्वीर सर्च गर्नुभयो भने गुगलको पेज मोदी नै मोदीले भरिएको छ ।
स्मरण रहोस् गुगलले यसअघि मोदीलाई विश्वका टप टेन अपराधीको सूचिमा पनि राखेको थियो । गुगल सर्च इन्जिनमा यसैगरी विश्वका टपटेन अपराधीको नाम सर्च गर्दा मोदीको नाम तथा तस्वीर गुगल पेजमा देखिएपछि भारत सरकारले गुगललाई सचेत गराएको थियो ।
के गुगलले जानीजानी यसो गरेको होला त ? अवश्य पनि नहोला । किनकी सर्च रिजल्टमा देखिने पेजमा कुन तस्वीर कुन ठाउँमा आउँछन् भन्ने कुराको निधो गुगल आफैले गर्ने होइन । यी तस्वीरहरु सम्बन्धित आलेख वा सर्च इन्जिन अप्टिमाइजेसनको आधारमा निर्धारण हुन्छ । तथापि यो प्रविधिको बारेमा धेरै कम मानिसलाई मात्र थाहा छ र यसरी सर्च इन्जिनमा पाइने यस्ता नतिजालाई धेरैले गुगलको आधिकारिक सूचिकरण ठान्दछन् । मोदीको हकमा पनि यस्तै भएको हो । गुगल प्रयोगकर्ताको खोजी व्यवहार परिवर्तन भएसँगै गुगलको तस्वीर सर्च रिजल्टमा पनि परिवर्तन भैरहन्छ ।
मोदीमात्र कहाँ हो र विश्वका अन्य गन्यमान्य मान्छे पनि मुर्ख प्रधानमन्त्रीको सूचिमा छन् । त्यसमा थाइल्याण्डका पूर्व प्रधानमन्त्री अभिजित भेजाजिभा, क्यानडाका प्रधानमन्त्री स्टेफेन हार्पर तथा थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिंगलक सिनावात्रा लगायतका पनि परेका छन् ।